नेपालगन्ज । बाँकेको नरैनापुर गाउँपालिकाको क्वारेन्टाइनमा रहेका कोरोना संक्रमितहरु भागाभाग भएका छन् । उनीहरुमध्ये १३ जना संक्रमित भागेका छन् । संक्रमण पुष्टि भएको खबर सुनेसगै उनीहरू भागेर कोही रुखमा चढेर लुकेका थिए भने कोही कुलोमा गएर सुतेका थिए ।
केही व्यक्ति दशगजाको खाल्डोमा गएर बसेका पनि त्यहाँका स्थानीय बासिन्दाले बताएका छन् । छिटो आइसोलेसन सेन्टरमा पुर्याउनु पर्ने संक्रमित भागेको खबरले जिल्लाभरिकै अवस्था तनावपूर्ण बनेको सुरक्षार्थ खटिएका प्रहरीले जनाएका छन् ।
कान्तिपुर दैनिकले लेखेकाे खबर अनुसार, संक्रमित भगाउन परिवार र स्थानीय एकजुट भएका र एक हजारभन्दा बढी स्थानीय व्यक्ति क्वारेन्टाइन घेर्न पुगेका प्रहरीले जनाएको छ ।
स्थानीयले सुरक्षाकर्मीसँग विवाद गर्न थालेपछि संक्रमित भाग्न सफल भएका थिए । रातभरि सम्पर्कविहीन भएका संक्रमितको खोजीका लागि नेपालगन्जबाट ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । शनिबार बिहान मात्र उनीहरू भेटिएका हुन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस