कञ्चनपुर – कञ्चनपुरको महाकाली नदी माथिको मल्टिस्पान झोलुङ्गे पुलको आवतजावतमा आइतबारदेखि स्थानीय बासिन्दाले रोक लगाएका छन् । महाकाली नगरपालिका र भीमदत्त नगरपालिका जोड्ने झोलुङ्गे पुल प्रवेश मार्गमा स्थानीय बासिन्दाले बन्द गरेका हुन् ।
खुला सिमानाको फाइदा उठाउँदै भारतबाट फर्कनेहरु भित्रिन थालेपछि कोरोना भाइरसको सङ्क्रमण हुन सक्ने भन्दै स्थानीय बासिन्दाले पुलको आवतजावत रोकेका छन् ।
भारतीय सीमावर्ती बजार खटिमा, वनवसालगायतबाट रातिको समयको मौका छोप्दै भारतका विभिन्न क्षेत्रमा मजदूरी गर्न गएका नेपालीहरु लुकिछिपी सीमा क्षेत्रमा प्रवेश गर्ने क्रम निरन्तर जारी रहेको छ ।
कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि अपनाउनुपर्ने सावधानीहरु नअपनाइदा निकै जोखिम बढेकाले पुल बन्द गर्नु परेको स्थानीय कृष्ण साउदले बताए ।
सीमा नाकामा अवैध रुपमा प्रवेश गर्नेहरुलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिई दशगजा क्षेत्रमा राख्ने र त्यहाँबाट सम्बन्धित जिल्लाका स्थानीय तहमा पठाउने कार्य गर्दै आएको छ । भारतबाट आउनेहरुलाई पुल भएर नै जाने व्यवस्था गरिएको छ ।
पुल सानेटाइज नगर्दा जोखिम बढेकाले पूर्व सावधानीका कार्य नगरिँदासम्म पुलमा आवतजावतको कार्य रोक्नु परेको स्थानीय बासिन्दाको भनाइ रहेको छ ।
स्थानीय बासिन्दाले अवैध रुपमा दशगजा क्षेत्र भएर आउने व्यक्तिहरुलाई वैधानिक गड्डाचौकीको नाका भएर प्रवेश गराउनुपर्ने स्थानीयवासीको माग छ । भारतमा रेल सेवा बहाल गरिएपछि घर फर्कने नेपालीको सीमा क्षेत्रमा घुइँचो लागेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस