बाँके – जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाभर अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ सरुवा भएर आउनु भएकै दिन जिल्ला सुरक्षा समितिको बैठकबाट बुधबार रातिदेखि जिल्लामा निषेधाज्ञा जारी गरिएको हो ।
सुरक्षा समितिले बुधबार राति १० बजेदेखि अर्को आदेश नभएसम्म स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) र संक्रमण रोग ऐन २०२० को दफा २ बमोजिम जिल्लामा निषेधाज्ञा जारी गरेको प्रजिअ कुरुम्वाङद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
कोरोना भाइरसको संक्रमणबाट जिल्लामा हालसम्म एक जनाको ज्यान जानाका साथै १७० जना संक्रमित भएका छन् । संक्रमणको विस्तार रोक्न तथा सचेतनामूलक र प्रवद्र्धनात्मक कार्य गर्न जरुरी रहेको जनाउँदै निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी कुरुङ्वाङद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ ।
निषेधाज्ञामा जिल्लामा अत्यावश्यक सेवा भोजनालय, औषधि पसल, खाद्यान्न, फलफूल तथा तरकारी, अस्पताल तथा स्वास्थ्य केन्द्र, मालसामान ओसारपसार गर्ने तथा निर्माणमा प्रयोग हुने ढुवानी सञ्चालनमा रोक लगाइएको छैन । यस्तै खानेपानी सञ्चालन तथा वितरण, पेट्रोलियम पदार्थको ढुवानी, भण्डारण वितरण, फोहोरमैला संकलन तथा ढुवानी, विद्युत् सेवा, कृषि तथा कृषि पशुपक्षीजन्य उत्पादन ढुवानीमा प्रयोग हुने साधन, वर्कशप जस्ता अत्यावश्यक सेवाबाहेक अन्य सेवा जिल्लाभरि सञ्चालन नगर्न नगराउन अनुरोध गरिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस