काठमाडौं – भारतले नेपालसँगको सीमा समस्या समाधानका लागि भरोसापूर्ण वातावरण भएमात्र नेपालसँग वार्ता गर्न सकिने प्रतिक्रिया जनाएको छ ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले भारत सबै छिमेकीसँग वार्ता गर्न तयार रहेको तर त्यसका लागि भरोसापूर्ण वातावरण चाहिने प्रतिक्रिया दिएका हुन् ।
भारतले गत वैशाख अन्तिम साता नेपाली भूमि लिपुलेक हुँदै तिब्बतको मानसरोवरसम्म जोड्ने बाटो निर्माण गरेपछि नेपाल–भारत सीमा विवाद उत्कर्षमा पुगेको छ ।
नेपालका पछिल्ला घटनाक्रमलाई आफूहरुले नजिकबाट नियालिरहेको भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले बताएका छन् ।
यसैबीच, बुधबारको संसद बैठकमा संविधान संशोधनको कार्यसूची राखिए पनि अन्तिम समयमा हटाइएको थियो । नेपालको आन्तरिक मामिलामा वर्षौंदेखि हस्तक्षेप गर्दै आएको भारतले संविधान संशोधन रोक्न पनि चलखेल गरेको आशंका नेपालीहरुले गरेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस