काठमाडौं राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालय (ओएचसीआर) संघले रुकुम पश्चिम घटनाका दोषीलाई तत्काल कारबाही गर्न आग्रह गरेको छ । जातीय नरसंहारको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै संघले कारबाहीको लागि आग्रह गरेको हो ।
तथाकथित माथिल्लो जात ठान्ने (अन्तरजातीय सम्बन्धका विरोधी) हरूले पाँच व्यक्तिको हत्या र कोभिड–१९ को महाव्याधीमा बढेको जातीय विभेद र हिंसाका अन्य घटनाले आफूलाई स्तब्ध बनाएको ओएचसीआरका प्रमुख मिसेल बासेलेले बताएका छन् ।
गएको शनिबार रुकुमपश्चिम चौरजहारी–८ सोती का मल्ल थरकी एक युवतीसँग कथित तल्लो जात नवराज विश्वकर्माको प्रेम सम्बन्ध भएको र विवाहका लागि साथी लिएर युवतीको घरमा जाँदै गर्दा स्थानीयले कुटपिट गरी हत्या गरेका थिए।
राष्ट्रसंघले उक्त घटनाका दोषीलाई छुट वा माफी नदिनसमेत आग्रह गरेको छ। २१ औं शताब्दीमा पनि हाम्रो विश्वमा जातमा आधारित पूर्वाग्रह व्याप्त रहनु दुःखद कुरा भएको र जन्मकै आधारमा प्रस्तुत भएका व्यवधानका बावजुद सँगै जीवन बिताउने उच्च अभिलाषा राखेका ती दुई युवाप्रति आफ्नो मन दुःखले भरिएको उच्चायुक्त बासेलेले भनेका छन् ।
निष्पक्ष रूपमा छानबिन गरी दोषीलाई हदैसम्मको कानुनी कारबाही गर्न माग गर्दै संसद् र सडकमा विभिन्न राजनीतिक दलका नेता, अधिकारकर्मी, दलित नागरिक समाज, सरोकारवाला संघसंस्थाले आवाज उठाइरहेका छन्।
यसैगरी, यसअघि रुपन्देहीको देवदह गाउँमा एउटा छुट्टै हमलामा मारिएकी १२ वर्षीया दलित बालिकाबारे पनि राष्ट्रसंघले चासो देखाएको छ। उनको पनि एक कथित माथिल्लो जातका व्यक्तिबाट बलात्कार गरी हत्या गरिएको थियो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस