तानसेन – पाल्पामा सबैजसो स्थानीय तहले कृषकलाई धानको बीउ वितरण गरेका छन् । स्थानीय तहले मागअनुसारको बीउ वितरण गरेको बताए पनि कृषकले भने अपुग रहेको बताइरहेका छन् ।
रामपुर नगरपालिकामा गत वर्षभन्दा तेब्बर बढी धानको बीउ वितरण गरिए पनि कृषकको मागअनुसार पु-याउन नसकिएको कृषि विकास शाखा रामपुरका प्रमुख रामहरि पाण्डेयले बताए । उनले गत वर्ष जम्मा आठ टन मात्रै वितरण गरिएको नगरपालिका क्षेत्रमा यस वर्ष ३१ टन वितरण गर्दा पनि बीउ पु¥याउन नसकिएको स्वीकारेका छन् ।
यस वर्ष वडा कार्यालयमार्फत वडागत रुपमा कृषकसँग निवेदन माग गरी वितरण गरिएका कारण कृषकको माग बढी भएको हो । केही धानको बीउ लकडाउनका कारण ल्याउन नसकिएको र कृषकसमक्ष पु-याउन नसकिएको शाखा प्रमुख पाण्डेयको भनाइ छ । अहिले एउटै वडामा १० टन बीउ माग भएकामा आठ टन वितरण गरिएको उनले सुनाए । नगरपालिका क्षेत्रमा करीब एक हजार आठ सय हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ ।
रोगसँग प्रतिरोधात्मक शक्ति भएको र उत्पादन बढी हुने भएका कारण पनि कृषकको रोजाइअनुसारको सावित्री र रामधान वितरण गरिएको तर रामधान र सावा मनसुली धान माग अनुसार ल्याउन नसकिएको पाण्डेय बताए ।
कोरोना भाइरसको संक्रमण नियन्त्रणका निम्ति गरिएको बन्दाबन्दीका कारण धान रोपाइँका निम्ति बीउ अभाव देखिएको छ । नयाँ उन्नत जातका धानको बीउ लगाएपछि कीरा कम लाग्ने र उत्पादन बढी हुने भएका कारण कृषकले पहिले पहिले जस्तो घरमै बीउ राख्ने चलन पनि हराउन थालेको छ ।
उत्पादन बढी हुने, नल छोटो हुने र स्याहार्न पनि सजिलो हुने भएपछि कृषक उन्नत धानको बीउतर्फ आकर्षित छन् । सावा मनसुली, शान्ति, जानकी, जिरामसिना, साना मनसुली, युएस, खुमल ४ लगायत धान खरीद गरेर विगतमा बीउ राख्ने कृषक यस वर्ष स्थानीय तहले वितरण गरे पनि पर्याप्त नभएको गुनासो गर्न थालेका छन् ।
रामपुरका कृषक सूर्यप्रसाद रेग्मीले नगरपालिकाले ५० प्रतिशत अनुदानमा धानको बीउ वितरण गरे पनि कृषकले पर्याप्त रुपमा पाउन नसकेको गुनासो गरे । नगरपालिकाले धानको बीउ दिन्छ भनेर ढुक्क भएका कृषक सावा मनसुलीलगायत केही धान नपाउँदा निराश बनेको कृषक रेग्मी बताए ।
रम्भा गाउँपालिकाले अन्य पालिकाभन्दा सहुलियत दिएको गाउँपालिकाले जनाएको छ । पालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले ८० प्रतिशत अनुदानमा सावित्री र रामधानको बीउ छ हजार ती सय केजी करीब तीन सय कृषकलाई वितरण गरिएको जानकारी दिएका छन् ।
माथागढी गाउँपालिकामा ७५ प्रतिशत अनुदानमा करीब ७५ क्वीन्टल, रैनादेवी छहरा गाउँपालिकामा १५ क्वीन्टल, बगनासकाली गाउँपालिकामा ३२ क्वीन्टल धानको बीउ बाँडिएको छ । तिनाउ गाउँपालिकाले करीब रु पाँच लाखको धानको बीउ वितरण गरेको गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्ती बताए । पाल्पाका तानसेन नगरपालिका तथा निस्दी र पूर्वखोला गाउँपालिकामा पनि धानको बीउ उपलब्ध गराइएको छ । रिब्दीकोट गाउँपालिकाले कार्यालयमा धानको बीउ अभावको गुनासो गर्ने कृषकलाई मात्रै उपलब्ध गराइएको जनाएको छ ।
कृषिज्ञान केन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्यालले सबैजसो स्थानीय तहमा बीउ वितरण भए पनि विगतका जस्तो आवश्यकता भएअनुसार वितरण हुन नसकेको बताए । उहाँ जिल्लाका केही कृषकले आफैले तयार गरेका बीउसमेत राख्ने तयारीमा रहेको बताउछन् ।
जिल्लामा उत्पादन हुने रैथाने जातका धानको बीउ भने पछिल्लो समय हराउँदै गएको छ । पहिले पहिले परम्परागत ढङ्गबाट रोपिने बर्मेली, अनदी, जर्नेली, बातिसरो, थापाचिनी, बासमती, झिनुवा, आमझोत्तेलगायत धानको बीउ लोपोन्मुख अवस्थामा रहेको कृषक नै बताउँछन् । जिल्लाको आठ हजार ६२० हेक्टर क्षेत्रफल जमीन धानका लागि उपयुक्त रहेको ज्ञानकेन्द्रले जनाएको छ । पाल्पामा माडीफाँट, अर्गली, हेक्लाङ, हुँगी, रामपुर, दोभानलगायतका फाँट धान उत्पादनका लागि मुख्य क्षेत्र मानिन्छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस