काठमाडौँ – प्रतिपक्ष दलका सांसदले बजेटले जनतामा उत्साह जगाए पनि कार्यान्वयनमा चुनौती हुने शंका व्यक्त गरेका छन् । राष्ट्रियसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०७७-०७८ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफलमा नेपाली काँग्रेसकी अनिता देवकोटाले बजेट उत्साह जगाउने तर कार्यान्वयन नहुने प्रचारमुखी भएको तथा श्रमिक, निमुखा बालबालिका, महिला र बेरोजगार युवालाई समावेश गर्न नसकेको बताए ।
राष्ट्रिय जनता पार्टीका शेखरकुमार सिंहले प्रदेश नं २ का जनताको शिक्षा, स्वास्थ्य, पूर्वाधार र रोजगारीको विषय बजेटमा व्यवस्था भए अनुुसार कार्यान्वयन गर्न सरकारसमक्ष आग्रह गरे ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का रामचन्द्र राईले नेपालको वर्तमान आवश्यकतालाई सम्वोधन गर्ने गरी बजेट आएको टिप्पणी गरे । नेकपाकै दीपा गुरुङले बजेटले विधिको शासन, समन्वय र सहकार्यलाई अझै व्यवहारमा लैजाने प्रतिबद्धता देखाएको बताए । सोही दलका जगप्रसाद शर्माले २००८ सालमा स्थापना भएको दाङको टरीगाउँ विमानस्थलका लागि बजेटको व्यवस्था गर्न माग गरेका छन् ।
नेकपाका खिमलाल भट्टराई, नन्दा चपाईँ, तारामान स्वाँर, नरपति लुहार, महेश महरा, हरिराम चौधरी, ठगेन्द्रप्रकाश पुरी, शेरबहादुर कुँवर, नैनकला ओझा र कविता बोगटीले कोभिड–१९ ले आक्रान्त बनेका अवस्थामा बजेट समयसान्र्दभिक भएको बताए । अर्थमन्त्री डा युवराज खतिवडाले सरकारका तर्फबाट यही जेठ १५ गते रु १४ खर्ब ७४ अर्ब ६४ करोड बराबरको आर्थिक वर्ष २०७७-०७८ को बजेट प्रस्तुत गरेका थिए । बजेटमाथि आइतबारदेखि दलीय आधारमा सामान्य छलफल भएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस