भरतपुर – जिल्लामा रहेको भरतपुर कोभिड–१९ प्रयोगशालामा गरिएको स्वाब परीक्षणको क्रममा दुई जना चिकित्सक र एक जना स्वास्थ्यकर्मी सहित ३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालले आज प्रेस वक्तव्य जारी गर्दै ३१० जनामा परीक्षण गरिएकामा उनीहरुलाई कोरोना पोजेटिभ देखिएको हो ।
पोजेटिभ देखिएकामा एक निजी अस्पतालका चिकित्सक छन् । भरतपुर अस्पतालबाट स्वाब सङ्कलन गरेका बाहिर कार्यरत एक जना चिकित्सक र एक जना महिला स्वास्थ्यकर्मी रहेका छन् । भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा श्रीराम तिवारीले माडी नगरपालिकाको क्वारेन्टिनमा बस्दै आएका छ जना, भरतपुर महानगरपालिकाका क्वारेन्टिनमा बस्दै आएका ११ जना, नारायणी सामुदायिक अस्पतालका एक जना, पुरानो मेडिकल कलेजमा रहेका दुई जना, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत एक जना रहेका छन् ।
त्यसैगरी नवलपुरका पाँच जना र धादिङ्का एक जनामा पनि कोरोना पुष्टि भएको हो । माडी र भरतपुर महानगरपालिकामा भेटिएका सङ्क्रमितहरु भारतबाट आएका नेपाली छन् । अस्पतालमा भएकाहरुमध्ये नारायणी सामुदायिक अस्पतालको सघन उपचार कक्षमा रहेका एक जनाको अवस्था गम्भीर रहेको छ । भरतपुर अस्पतालका डा प्रमोद पौडेलका अनुसार सो अस्पताल र कोरोना अस्पतालमा उपचाररत छ जनाको आज गरिएको पुनः परीक्षणमा रिपोर्ट पोजेटिभ देखिएको छ । ती दुई अस्पतालमा आठ जना कोरोना सङ्क्रमित उपचाररत छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस