दाङ – कोभिड–१९ को त्रासबीच राष्ट्रिय गौरवका आयोजनालाई गति दिने सरकारको नीतिअनुसार पूर्वाधार निर्माणमा सक्रिय व्यवसायीलाई अज्ञात समूहबाट पटक–पटक हतोत्साहित गर्ने गरी भइरहेका घटनाका दोषीलाई कारवाही गर्न नेपाल निर्माण व्यवसायी महासङ्घले माग गरेको छ ।
दाङ जिल्ला गढवा गाउँपालिका–१ जेठानगाउँस्थित कल्याणकोट–कालाकाटे गढवा सिक्टा हुलाकी सडक निर्माणका लागि राप्ती नदी किनारमा पार्किङ गरी राखिएका पाँच वटा स्काभेटरमा सोमबार राति अज्ञात समूहबाट आगजनी गरिएको घटनाप्रति कडा आपत्ति जनाउँदै महासङ्घले सुरक्षा माग गरेको हो ।
आगजनीका कारण चार स्काभेटर जलेर नष्ट भएको छ । एउटामा आंशिक क्षति पुगेको महासङ्घका महासचिव रोशन दाहालले मङ्गलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बा२क ४४८२, बा१क २२७१, बा२क ३१४८, रा१ख ७१३ र एउटा परीक्षणका क्रममा रहेको (अनटेस्ट) स्काभेटरमा आगजनी गरिँदा करोडौँको क्षति भएको उनले बताए । उक्त सडकखण्डको निर्माण बज्रगुरु–कान्छाराम कन्स्ट्रक्शन जेभीले गरिरहेको छ । दुवै कम्पनी महासङ्घका सदस्य छन् ।
“निर्माण व्यवसायी र उपकरणको सुरक्षालाई लिएर महासङ्घले पटक–पटक प्रधानमन्त्री, मन्त्री, सुरक्षा निकायका प्रमुखसहित सरोकार भएका सबैको ध्यानाकर्षण गराइरहँदा समेत अज्ञात समूहको गतिविधिमा कुनै कमी नआउनु चिन्ताको विषय हो”, महासचिव दाहालले भने ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस