पोखरा – पोखरा चेम्बर अफ कमर्सले कोरोनाको मारमा परेको अर्थतन्त्रलाई थोरै मात्रामा भए पनि चलायमान बनाउन बन्दाबन्दीलाई खुकुलो बनाउनुपर्ने माग गरेको छ । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी र कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाललाई ज्ञापनपत्र पेस गर्दै चेम्बरले नेपाल सरकारको निर्देशनमा रोक्का गरिएबाहेकका मझौला तथा साना व्यवसाय बिहान १० देखि साँझ ५ बजेसम्म सञ्चालन गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको छ ।
चेम्बर अफ कमर्स कास्की वस्तुगततर्फका उपाध्यक्ष तथा चेम्बर, कोभिड –१९ नियन्त्रण तथा न्यूनीकरण उच्चस्तरीय समन्वय समितिका संयोजक यमनाथ पौडेलले स्वास्थ्य सतर्कता र सामाजिक दूरी कायम गरी उद्योगव्यवसाय सञ्चालन गर्ने वातावरणका लागि महानगरपालिका र स्थानीय प्रशासनको ध्यानाकर्षण गराइएको जानकारी दिए ।
ज्ञापनपत्रमा निर्माण सामग्रीहरुको आपूर्ति साँझ ५ देखि राति १० बजेसम्म गर्ने व्यवस्था मिलाउन एवं होटल तथा रेष्टुरेन्ट व्यवसायीबाट प्याकिङ खाना उपलब्ध गराउन माग गर्दै सरकारले गर्ने हरेक अनुगमनमा चेम्बरको सहभागिताका लागि आग्रह गरिएको छ ।
चेम्बर अफ कमर्स कास्कीका महासचिव उमराज बास्तोलाले चेम्बरले विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डको पालना गरी उद्योगव्यवसाय सञ्चालन गर्ने प्रतिबद्धता जनाएको बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस