टोक्यो, जापान । ‘कोभिड–१९’ महामारीले विभिन्न उद्योग र क्षेत्रहरूमा अभूतपूर्व परिवर्तन ल्याएको छ । यसले आइसिटी उद्योगको तीव्र विकासलाई भने रोक्न सकेको छैन । यसको चित्रण गर्दै जापानको सबैभन्दा ठूलो आईसीटी प्रदर्शनी, इंटरप टोक्यो २०२० को आयोजक समितिले ‘सर्वश्रेष्ठ प्रदर्शन पुरस्कार’ को विजेता घोषित गरेको छ । जसमा हुवावेका इनोभेटिभ प्रोडक्टस एण्ड सोलुसनले आठ पुरस्कार जित्न सफल भएको छ । हुवावेले जितेका आठ पुरस्कार यी हुन् ।
नेटवर्क इन्फ्रास्ट्रक्चरमा भव्य पुरस्कार : ओप्टिएक्सट्रन्स ओएसएन ९८०० एम १२, उद्योग को पहिलो सुपर सी–बैंड प्रसारण उत्पादन ।
क्लाउड इन्फ्रास्ट्रक्चरमा भव्य पुरस्कार : क्लाउडइन्जिन १६८०० डाटा सेन्टर स्विच, एआई युगमा डाटा सेन्टरहरूको लागि उद्योगको उच्च घनत्व ४०० जीई लाइन कार्ड ।
सर्भर र भण्डारणमा भव्य पुरस्कार : हुवावेको नेक्स्ट जेनेरेसन अल–फ्ल्यास स्टोरेज ओसनस्टेटर डोराडो ८०००र १८००० भि ६, कोर उत्पादन र लेनदेन परिदृश्यहरूमा उन्मुख र लगातार प्रदर्शन, विश्वसनीयता र इन्टेलिजेन्स आधार चिन्ह ।
IoT (Internet of Things) मा भव्य पुरस्कार : हुवावे एज कम्प्यूटिंग गेटवे एआर ५०२ एच
सुविधामा भव्य पुरस्कार स् इमिमो एज कम्प्यूटिंग सुविधा समाधान । AI (Artificial Intelligence) कोटामा उद्योगको अग्रणी एटलस ९०० AI क्लस्टर एक मात्र पुरस्कार जित्ने उत्पादन हो ।
ईन्टरप्राइज आईटीमा विशेष पुरस्कार : हुवावे छन् एआर नेटइन्जिन एआर ६०००
नेटवर्क इन्फ्रास्ट्रक्चरमा विशेष पुरस्कार : हुवावे ओप्टिएक्सट्रन्स डिसि ९०८, इन्टेलिजेन्ट डाटा सेन्टर इंटरकनेक्ट (डिसिआइ) को उत्पादन, एकल फाइबर क्षमताको ८८ टिबिट र AI इनेबल्ड मर्मतसम्भार हुवावेले इन्टरोप टोकियो २०२० र अघिल्लो वर्षमा प्राप्त गरेको पुरस्कारले, उद्योगले हुवावेको नवीनता र गुणस्तरप्रति जोडलाई मान्यता दिएको र रिसर्च एण्ड डेभलपमेन्टमा यसको दीर्घकालीन रणनीतिक लगानीको प्रतिबिम्ब रहेको यर्थाथ दर्साउँदछ । मित्रजन र ग्राहक दुबैबाट यस्तो मान्यता पाउनु हुवावेको निरन्तर प्रयासको पछाडि प्रेरणा शक्ति रहेको छ । ग्राहकहरूलाई अधिक प्रतिस्पर्धी, नवीन, अद्वितीय आईसीटी उत्पादनहरू र कोर टेक्नोलोजिकल नविनता मार्फत समाधानहरू प्रदान गर्नका लागि हुवावे अनुसन्धान र विकासमा लामो समयका लागि लगानी गर्न प्रतिबद्ध छ ।
महामारीको प्रभावले इन्टरोप टोकियो २०२० ले अन–साइट प्रदर्शन रद्द गरी अनलाइन प्रदर्शन र आईसीटी अवार्ड चयन गतिविधिहरू अप्रिल १३ देखि जून ३० सम्ममा प्रदर्शन गर्नेछ । सम्मेलनले उद्योगमा सबभन्दा उन्नत टेक्नोलोजीकल नवीनता र अभ्यासहरू प्रदर्शन ग¥यो र एआई, आईओटी, एज कम्प्यूटिंग र इन्डस्ट्रियल इन्टरनेट लगायत बहुक्षेत्रहरूमा अग्रणी समाधानहरू एकै ठाउँ एकिकृत गरेको थियोे । नतिजा स्वरूप इन्टरोप टोकियोले उद्योग र ब्यापक विश्वमा नयाँ जीवनशक्ति र आत्मविश्वास इंजेक्ट गर्न मद्दत गरेको छ ।
साझेदारहरूसँग यसको ‘खुला, सहयोगी, र पारस्परिक लाभदायक’ सहयोग प्रदर्शन गर्दै हुवावेले एक नयाँ ब्रान्ड डिजिटल इन्टेलिजेन्ट इकोसिस्टम र यसको प्रासंगिक अनुप्रयोग केसहरू पनि प्रदर्शन ग-यो जसमा इन्टरोप टोकियो २०२० मा १४ उत्पादन र समाधानहरू समावेश गरिएको थियो ।
यी अत्याधुनिक प्रस्तावहरूले आईसीटी क्षेत्रमा द्रुत डिजिटल र बौद्धिक विकासको व्यापक रूपमा प्रचार गर्न हुवावेको क्षमता प्रस्तुत गर्दछ । नयाँ आईसीटी टेक्नोलोजीहरू र इकोसिस्टमहरूमा निरन्तर लगानीको साथ र चल्दै गरेको विश्वव्यापी सेवा अनुभवका संचयको साथ हुवावे अग्रणी बढ्दो उद्यमहरूको विश्वास जित्दै गएको छ । हालसम्म ७०० भन्दा बढी शहर र २२८ फोर्चुन ग्लोबल ५०० कम्पनीहरू – जसमा शीर्ष १०० मा ५८ ले – हुवावेलार्ई आफ्नो डिजिटल रूपान्तरणको लागि साझेदारको रूपमा छनौट गरेको छ ।
इन्टरोप टोक्यो बारे
इन्टरोप टोक्यो उद्योगमा सबैभन्दा व्यापक रूपमा सम्मानित नेटवर्क कम्प्यूटिंग अवसरहरूमध्ये एक हो र जापानमा सबैभन्दा ठूलो र सबैभन्दा प्रभावशाली आईसीटी प्रदर्शनी पनि हो । सर्वश्रेष्ठ प्रदर्शन पुरस्कार इन्टरोपको आइकनिक पुरस्कार हो । प्रत्येक वर्ष सयौं समाधानहरू अग्रणी उद्योग विशेषज्ञहरू र विश्वविद्यालयका प्राध्यापकहरू समावेश गरी बनाईएको जजेजहरूको प्यानेलद्वारा समीक्षा गरिन्छ । उनीहरूले अत्याधिक नविनता भएको र उच्च व्यापारिक मोल भएकोे अत्याधुनिक उत्पादन र समाधानहरू चयन गर्ने गर्छन् ।
हुवावे बारे
१९८७ मा स्थापना भएको हुवावे सूचना र सञ्चार टेक्नोलोजी (आईसीटी) पूर्वाधार र स्मार्ट उपकरणहरूको एक अग्रणी ग्लोबल प्रदायक हो । जारी विज्ञप्तीमा भनिएको छ ‘हामी प्रत्येक व्यक्ति, घर र संगठनको लागि पूर्ण रुपमा जडित बौद्धिक संसारको लागि डिजिटल ल्याउन प्रतिबद्ध छौं ।’ हुवावेको उत्पादनहरूको एन्ड टु एन्ड पोर्टफोलियो, समाधान र सेवाहरू दुबै प्रतिस्पर्धी र सुरक्षित छन् । इकोसिस्टम साझेदारहरूको साथ खुला सहयोगको माध्यमबाट ग्राहकहरूको लागि स्थायी मूल्य सिर्जना गर्दछ । सशक्तिकरणमा काम गर्दै गृह जीवनलाई समृद्ध बनाउने र सबै आकृतिहरू र आकारहरूका संगठनहरूमा नवीनतालाई प्रेरणा दिने कार्य गर्ने गरेको उल्लेख छ ।
हुवावेमा नवीनताले ग्राहकलाई पहिले श्रेणीमा राख्दछ । विश्वलाई अगाडि बढाउने टेक्नोलोजिकल सफलताहरूलाई ध्यानमा राखि मौलिक अनुसन्धानमा ठूलो लगानी गर्ने गरेको उल्लेख छ । हुवावेसँग लगभग १,९४,००० कर्मचारीहरू छन् । १७० भन्दा बढी देशहरू र क्षेत्रहरूमा कार्यरत भएर विश्वभर तीन अर्ब भन्दा बढी जनताको सेवा गरेको छ । १९८७ मा स्थापना भएको हुवावे एउटा निजी कम्पनी हो जुन यसका कामदारहरूको स्वामित्वमा छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस