काठमाडौँ – कोरोना भाइरसको रोकथामका लागि अपनाइएको लकडाउनको ८४ औं दिन खुकुलो बनाउँदै लाने योजना अनुसार आजबाट सबै सरकारी कार्यालय खुल्नेछन् ।
निजी क्षेत्रका उद्दोग, व्यवसाय तथा कार्यालय पनि सुचारु हुने भएका छन् । निर्माणका कामहरु सञ्चालनमा आइसकेका छन् ।
भीडभाड कम गर्ने गरी रोकथामका उपायसहित सरकारी कार्यालय खुल्न थालेका हुन् । कार्यालय शुरुमा २ बजेसम्म खोलिने भएको छ । त्यसपछि दुई सिफ्ट गरी ८ देखि २ र २ देखि ६ बजेसम्म खोलिने योजना बनाइएको छ ।
ट्याक्सी सञ्चालनमा आइसकेको छ । सार्वजनिक यातायात पनि खोल्ने तयारी भएको छ । निजी सवारी सञ्चालनको अनुमति दिइएको छ । यसमा भने जोर बिजोर प्रणाली लागु गरिएको छ ।
शैक्षिक संस्था भने भदौमा मात्र खोल्ने तयारी भएको छ । विद्यालय र कलेज भदौमा मात्र सञ्चालन हुने भएपछि विकल्पका रुपमा दुर शिक्षा शुरु गरिएको छ ।
काठमाडौं उपत्यका भित्र आउन र बाहिर जान विशेष व्यवस्था गरिएको छ । यसका लागि जिल्ला प्रशासन कार्यालयले हिजो सुचना जारी गरिसकेका छन् । त्यसका लागि कागजात सहित निवेदन दिनुपर्नेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस