एजेन्सी – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोनाभाइरसबाट संक्रमित भएका आमाहरुले सन्तानलाई दूध चुसाउँदा संक्रमण नहुने भएकाले आमाहरुलाई बिना हिचकिचाहट सन्तानलाई दूध चुसाउन आग्रह गरेको छ ।
आफूहरुले अध्ययन गरेको र दूध चुसाउँदा बच्चामा कोरोना भाइरसको संक्रमण सर्ने प्रमाण नभेटिएको डब्लुएचओका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले बताएका छन् ।
केहीदिनअघि जेनेभामा ब्रिफिङ्गको क्रममा उनले भनेका थिए, ‘बालबालिकाहरुमा कोरोना भाइरसको जोखिम तुलनात्मक रुपमा कम रहेको कुरा हामीलाई थाहा छ, तर अरु धेरै रोगहरुको उच्च जोखिममा उनीहरु हुन्छन् । आमाको दूधले ती सम्भावित रोगबाट जोगाउन सक्छ ।’
‘अहिलेसम्म प्राप्त प्रमाणहरुका आधारमा आमाले दूध चुसाउँदा संक्रमण फैलिने देखिएको छैन ।’, गेब्रेयेसोसले भने । आमा अति धेरै बिरामी नपरेसम्म बच्चाहरुलाई आमाबाट पर राख्न नहुने उनले जानकारी दिएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस