सप्तरी -बहुविवाहको आरोपमा सप्तरीको बोदेबर्साइन नगरपालिका–९ देउरीका २७ वर्षीय विश्वनाथ साहलाई प्रहरीले पक्राउ गरेको छ । सप्तरी जिल्ला अदालतबाट एक वर्ष कैद सजाय पाएका आरोपित साह सात वर्षपछि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । जिल्ला अदालतले विसं २०७० माघ १२ गते बहुविवाह मुद्दामा साहलाई एक वर्ष कैद सजायको फैसला गरेको थियो ।
पक्राउ परेका अभियुक्तलाई कैद सजायका लागि राजविराज कारागारमा थुनामा पठाइएको छ । जेठी श्रीमती आशाकुमारी साहले आफू श्रीमती हुँदाहुँदै आरोपित साहले बलानबिहुल गाउँपालिका–४ बेल्हीकी २२ वर्षीया भवानीकुमारी साहसँग विसं २०६९ मा विवाह गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिए ।
जेठी श्रीमतीले आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालयमा २०६९ चैत ९ गते वैवाहिक बलात्कारको उजुरीसमेत दर्ता गरेको थियो । वैवाहिक बलात्कारको आरोपमा २५ दिन थुनामा रहेका आरोपित २०७० वैशाख ४ गते रु २५ हजार धरौटीमा रिहा भएका थिए भने फैसला हुँदा सफाइ पाएको इलाका प्रहरी कार्यालय कडरबोना सप्तरीका प्रहरी निरीक्षक रामराजा केशरीले जानकारी दिए । सप्तरी जिल्लाका लागि यो वैवाहिक बलात्कारको मुद्दा पहिलो रहेको जिल्ला अदालतले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस