काठमाडौं-करिब दुई वर्ष लामो छलफलपछि पनि सहमति नजुटेपछि संघीय निजामती ऐनको विधेयक संसद्को राज्य व्यवस्था तथा सुशासन समितिबाट बहुमतले पारित भएको छ । पटक–पटकको छलफलमा पुरानै विषयमा फेरि विवाद भएपछि सोमबार बहुमतबाट पारित गरिएको हो ।
विधेयकका प्रावधानप्रति समितिका सांसद मात्र होइन, सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठी तथा निजामती कर्मचारीले असन्तुष्टि जनाएका छन् । पटकपटक सहमतिको प्रयास भए पनि सफल नभएपछि बहुमतबाट निर्णय गर्नुपरेको समितिकी सभापति शशी श्रेष्ठले बताइन् ।
विधेयकमा पहिलेको निजामती सेवा ऐनभन्दा कतिपय महत्वपूर्ण विषयहरू हेरफेर गरिएको छ । कर्मचारीको अनिवार्य अवकाशको उमेरहद ५८ बाट ६० वर्ष बनाइएको थियो । ऐन लागू भएको पछिल्लो वर्ष ५९ र अर्काे वर्षबाट ६० हुने गरी यसलाई कार्यान्वयन गरिने विधेयकमा उल्लेख छ । खुला प्रतियोगिताबाट उम्मेदवार बन्ने कर्मचारीका लागि ४० वर्षको उमेर हद राखिएको छ ।
खुला प्रतियोगिताबाट निजामती सेवातर्फ उपचसचिव तथा स्वास्थ्यमा नवौँ तहमा भर्ना हुनेको हकमा पहिलाको अवधि गणना नहुने प्रावधानमा कर्मचारीको चर्काे असन्तुष्टि छ । हालको निजामती सेवा ऐनमा उमेर हद राखिएको छैन भने पहिलाको अवधि पनि गणना हुने प्रावधान छ ।
त्यस्तै, निजामतीमा आधिकारिकबाहेक अन्य ट्रेड युनियनहरू खारेज हुने भएका छन् ।
हाल विभिन्न दलनिकट ट्रेड युनियन छन् । यसमा ट्रेड युनियनका नेताहरूले चर्काे विरोध जनाउँदै आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
निजामतीमा पार्टीनिकट ट्रेड युनियन हटाउनुपर्ने मागअनुसार विधेयकमा आधिकारिक संगठन मात्र राख्न लागिएको हो । सोमबार चारवटा निजामती ट्रेड युनियनले संयुक्त विज्ञप्ति जारी गरी विधेयक संशोधन नभए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
विधेयकका कतिपय प्रावधानमा कर्मचारीहरूको असन्तुष्टि छ । श्रेणीविहीन तथा राजपत्रअनंकित कर्मचारीको वृत्ति विकासलाई असर पर्ने प्रावधान राखिएको भन्दै उनीहरूले असन्तुष्टि राखेका छन् ।
नासुबाट अधिकृत बढुवामा आन्तरिक प्रतिस्पर्धाको प्रावधान राखिएको छैन । यसबाट तल्लो तहका कर्मचारीको वृत्ति विकासमा ठूलो असर पर्ने नेपाल निजामती कर्मचारी निजामती संगठनका पूर्वअध्यक्ष मोहन घिमिरे बताउँछन् ।
विधेयकमा अधिकृत तहमा २० राजपत्रांकित तृतीय श्रेणीका पदमा २० प्रतिशत बढुवाबाट तथा ८० प्रतिशत खुला प्रतिस्पर्धाबाट पदपूर्ति हुने प्रावधान राखिएको छ । यसप्रति आइतबार नासुहरूले संयुक्त विज्ञप्ति निकाली आन्दोलनको चेतावनी दिएको आजको नयाँ पत्रिकाले समाचार छापेको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस