बिहीबारबाट स्वाब सङ्कलन शुरु गरिएको बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले बताउनुभयो । कसौधन वैश्य समाज र नेपाल रेडक्रस सोसाइटीको सहयोगमा स्वास्थ्य कार्यालयले स्वाब सङ्कलन शुरु गरेको जनाइएको छ ।
प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ र समाजका अध्यक्ष नन्दलाल वैश्यलगायतको उपस्थितिमा स्वाब सङ्कलन गरिएको फोकलपर्सन श्रेष्ठले जानकारी दिनुभयो । मजदूरसँगै त्रिभुवन चोक आसपासका पसल र घरका सदस्यले समेत कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरिने बताइएको छ । उहाँका अनुसार, ३६५ जनाको नाम दर्ता गरेकोमा बिहीबार १३० जनाको स्वाब सङ्कलन गरिएको छ ।
यहाँस्थित भेरी अस्पतालमा कार्यरत कम्प्युटर अपरेटर अरुणराज खनाललाई बिहीबार अख्तियार अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । उहाँमाथि अस्पतालको सामान खरिदमा रु १६ लाख १३ हजार ७५ कमिशन लिएको अभियोग लगाइएको छ ।
आयोग नेपालगञ्जका प्रमुख गणेश गैरेका अनुसार, स्रोत नखुलेको रकमसहित कम्प्युटर अपरेटर खनाललाई पक्राउ गरिएको छ । आयोगको टोलीले केही दिन अघि नेपालगञ्जस्थित घरेलु तथा साना उद्योग कार्यालयका एक अधिकृतलाई रु ९६ हजार घुससहित पक्राउ गरेको थियो ।
यसैबीच, बाँके प्रहरीले प्रतिबन्धित औषधि कोरेक्ससहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयवाट खटिएको प्रहरी टोलीले गए राति डुडुवा गाउँपालिका–१ पाजाबाट ६५ सिसी कोरेक्ससहित सोही स्थान बस्ने ३० वर्षीय आशिष अहिर र २७ वर्षीय राजकुमार यादवलाई पक्राउ गरेको हो । भारतबाट ल्याइएको उक्त प्रतिबन्धित औषधि कोरेक्स नष्ट गरी आवश्यक अनुसन्धान भइरहेको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले बताउनुभयो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस