आइतबार देशभर कोरोनाका २ सय ४६ जना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमितको संख्या २० हजार ३ सय ३२ पुगेको छ।
मन्त्रालयका अनुसार विगत २४ घण्टामा १ सय ११ जना कोरोनाबाट निको भइ घर फर्किएका छन्। यीसहित कुल निको हुनेको संख्या १४ हजार ६ सय ३ पुगेको छ।
नेपालमा कुल संक्रमितमध्ये ८० प्रतिशत निको भइसकेको प्रवक्ता गौतमले बताए।
त्यस्तै विगत २४ घण्टामा विभिन्न प्रयोगशालाबाट ८ हजार ६ सय ७२ जनाको पिसिआर परीक्षण गरिएको छ। हालसम्म ३ लाख ९१ हजार बढीको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ।
हालसम्म मृतक ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मुलुकभर ५ हजार ६ सय ७२ जना सक्रिय संक्रमित छन्।
भोजपुर, संखुवासभा, रसुवा, मनाङ र मुस्ताङ जिल्लामा हाल सक्रिय संक्रमितको संख्या नदेखिएको मन्त्रालयले स्पष्ट पारेको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस