महाेत्तरी – प्रदेश नम्बर २ को ६ वटा जिल्ला सदरमुकाममा निषेधाज्ञा जारी गरिएको छ । स्थानीयस्तरमा कोरोना भाइरसको सङ्क्रमणकाे दर बढ्न थालेपछि स्थानीय प्रशासनले सप्तरी, धनुषा, महोत्तरी, रौतहट, बारा र पर्सा जिल्ला सदरमुकाममा निषेधाज्ञा जारी गरेकाे हो ।
महोत्तरी सदरमुकाममा गएकाे शुक्रबार मध्यराति देखि पाँच दिनको लागि निषेधाज्ञा लागू गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले बताउनुभयो । शनिबार र आइतबार गरी दुई दिन जारी निषेधाज्ञा सफल रहेको प्रमुख जिल्ला अधिकारी कटुवालले जानकारी दिएका छन्
जिल्ला प्रशासन कार्यालय महोत्तरीका अनुसार जलेश्वर नगरपालिकाको पूर्वमा भार्गवसर मन्दिर, पश्चिममा रामनन्दन विशेश्वर महेन्द्र क्याम्पस, उत्तरमा रणभीम गण र दक्षिणमा रातोपुल चारकिलाको क्षेत्रमा पाँच दिनसम्मको लागि निषेधाज्ञा जारी गरिएको छ । त्यसैगरी जिल्लाको महोत्तरी गाउँपालिका ३ र ५ वडामा पनि पाँच दिनको लागि निषेधाज्ञा जारी गरिएको छ ।
यता जिल्ला प्रशासन कार्यालय धनुषाले सोमबार राति १२ बजेदेखि सात दिनको लागि निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताउनुभयो । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) र सङ्क्रामक रोग ऐन २०२० को दफा २ बमोजिम जिल्ला सुरक्षा समितिको निर्णयअनुसार जनकपुरधाम उपमहानगरपालिकाभित्र निषेधाज्ञा जारी गरेको भट्टराईले बताए ।
सप्तरी सदरमुकाम राजविराज, प्रदेशको अस्थायी राजधानी जनकपुरधाम, महोत्तरीको जलेश्वर, रौतहटको गौर, बाराको कलैया र पर्साको वीरगञ्जमा निषेधाज्ञा जारी गरिएको छ ।
समुदायस्तरमा सङ्क्रमित बढेपछि थप सङ्क्रमण फैलिन नदिन तयारी पूर्वाभ्यास अनुरुप निषेधाज्ञा जारी गरिएको प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिएका छन् । मन्त्री यादवले सङ्घीय सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई प्रदेश नम्बर २ मा आवश्यक स्राेत, साधन उपलब्ध गराउन मागसमेत गरेका छन् ।
समुदायमा कोरोना सङ्क्रमण फैलिनबाट रोक्न प्रदेश २ को आठ जिल्लामा मास्क नलगाउने ५४ हजार जनालाई कारबाही गरिएको प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायब महानिरीक्षक (डीआईजी) धिरजप्रताप सिंहले जानकारी दिए ।
प्रदेश २ को राजधानी जनकपुरधामसहित सप्तरी, वीरगञ्ज, महोत्तरीमा केही दिनयता ट्राभल हिस्ट्री नै नभएकाहरुमा धमाधम कोरोना पुष्टि भइरहेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ प्रशासक विजय झाले बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस