काठमाडौं – प्रेस काउन्सिल नेपालले माउन्टेन टेलिभिजनलाई कालोसूचीमा राखेको छ । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको चरित्र हत्या गर्ने गरी समाचार सामाग्री प्रसारण गरेको र पटक पटक काउन्सिलको निर्देशनलाई अवज्ञा गर्दै जालसाँझी र झुठा विवरण पेस गरेको भन्दै काउन्सिलले उक्त टेलिभिजनलाई कालो सूचीमा राखेको हो ।
काउन्सिलले पूर्वप्रधानमन्त्री भट्टराईका प्रेस सल्लाहकार विश्वदिप पाण्डेको तर्फबाट साउन २ गते दर्ता भएको उजुरी र उक्त उजुरीको आधारमा प्रसारित सामाग्री अनुगमन गर्दा तथ्यगत पुष्टि बेगर एकोहोरो, अशिष्ट एवम् अमर्यादित रुपमा सार्वजनिक शिष्टाचार र व्यक्तिको मर्यादामा प्रतिकूल असर पर्ने गरी सम्प्रेषित उक्त सामाग्री पत्रकार आचारसंहिता २०७३ (पहिलो संशोधन, २०७६) प्रतिकूल सामाग्री के, कसरी सम्प्रेषण हुन गएको हो ? भनी स्पष्टीकरण सोधेको थियो । उक्त स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै फेरि उजुरीकर्ताले लिखित प्रतिक्रिया पेश गरेका थिए ।
त्यसपछि काउन्सिलले पटक पटक स्पष्टीकरण पेश गर्न निर्देशन दिएको थियो । माउन्टेन टिभीले त्यसको समेत अवज्ञा गरेपछि काउन्सिलले २४ घण्टाभित्र क्षमायाचना सन्देश प्रसारण गर्न पुनः निर्देशन दिएको जनाएको छ । प्रसारण गरिएको उक्त क्षमायाचना सन्देश नक्कली भएको आरोप समेत लगाएको छ ।
उक्त क्षमायाचना सन्देश टिभीमा प्रसारण नगरी काउन्सिलमा मात्र उपलव्ध गराई पटक पटक काउन्सिलको निर्देशनलाई अवज्ञा तथा जालसाँझी गरी झुठा विवरण पेश गरेको आरोप लगाउँदै काउन्सिलले उक्त टिभीलाई पत्रकार आचारसंहिता २०७३ (पहिलो संशोधन २०७६)को दफा ७(१) (ज) बमोजिम कालोसूचीमा राखिएको जनाइएको छ ।
माउन्टेन टेलिभिजनका अलावा अन्य अनलाइन न्युज पोर्टलहरुलाई समेत विभागले कालो सुचीमा राखेको छ । हेर्नुस् विभागको कालो सुचीमा परेका सञ्चार माध्यमहरु :
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस