२९ श्रावण २०७७, बिहीबार, काठमाडौँ । सहरका फोहोरमैला व्यवस्थापनमा अग्रस्थानमा रहेर कार्य गर्ने सरसफाईकर्मीहरूलाई हालै एक कार्यक्रमका बिच स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरिएको छ ।
बहुउद्देश्यीय क्लिनिङ्ग सर्भिसको आयोजना तथा विकास साझेदारी संस्था युएनडीपीको सहयोगमा सरसफाईकर्मीहरूलाई फोहोरमैलाको उचित व्यवस्थापन र स्वास्थ्य सुरक्षा सामग्रीको उचित प्रयोगका बारेमा तालिम दिनुका साथै स्थास्थ्य सामग्री प्रदान गरिएको थियो ।
आयोजक संस्थाका अध्यक्ष रेजिन श्रेष्ठले स्वास्थ्य सामग्री सहयोग गर्ने संस्था तथा फोहोरमैला व्यवस्थापनमा क्रियाशील सरसफाईकर्मीहरूलाई तालिम दिने प्रशिक्षकलाई धन्यवाद दिँदै फोहोरमैला व्यवस्थापनको काम अत्यन्त संवेदनशील हुने भएकाले यसप्रति सम्बन्धित सबैले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
कोरोना महामारीको जोखिमका बेला गरिएको यस्तो कार्यक्रमले थोरै भए पनि सरसफाईकर्मीलाई राहत पु¥याएको उनको विश्वास थियो । स्वास्थ्य सुरक्षा सामग्री वितरण कार्यक्रममा ललितपुर महानगरपालिकाका नगरकार्यपालिका सदस्य अशोकमान श्रेष्ठको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा वडा सदस्यहरू, युएनडीपीका प्रतिनिधि, स्वमनका प्राविधिक सल्लाहकार नवीनविकास महर्जन र अध्यक्ष धनप्रसाद आचार्य, महासचिव मित्रप्रसाद घिमिरे, संघका प्रतिनिधिहरु, बहुउद्देश्यीय क्लिनिङ्ग सर्भिसका सल्लाहकार पारुहाङ राई र पत्रकार सुदीप अधिकारी लगायतको आतिथ्य रहेको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस