काठमाडौँ – काठमाडौँ उपत्यका भित्रने र बाहिरने सवारी साधनमा ७० प्रतिशतले कमी आएको ट्राफिक प्रहरीले जनाएको छ । लकडाउन खुकुलो बनेसँगै काठमाडाैँ उपत्यकामा सवारी साधनहरू भित्रने र उपत्यकाबाट बाहिरिनेहरूको सङ्ख्या दैनिक सात हजारसम्म पुगेकोमा सरकारले जोरबिजोरको निर्णय गरेपछि दैनिक दुई हजार पाँचसयमा घटेको थियो ।
लकडाउन घटेसँगै काठमाडाैँ छाड्ने र भित्रनको सङ्ख्या ह्वात्तै बढेको थियो । लामो लकडाउनपछि उपत्यकामा निजी सवारी साधनहरूको चाप बढेको थियो । उपत्यका भित्रिने चारओटा नाकाबाट सो समयमा दैनिक छ हजार सवारी साधन भित्रने गरेको सोही हाराहारीमा सवारी साधनहरू बाहिरने गरेकोमा गृहमन्त्रालयले जोरबिजोर लागू गर्ने निर्णय गरेसँगै काठमाडाैँबाट भित्रने र बाहिरिको सङ्ख्यामा ७० प्रतिशतसम्म कमी आएको छ ।
लकडाउन खुलेसँगै असारमा उपत्यका छाड्नेको सङ्ख्या बढेको महानगरीय ट्राफिक महाशाखाका एसएसपी भीमप्रसाद ढकालले गोरखापत्र अनलाइनलाई बताउनुभयो । काठमाडाैँ उपत्यकामा दैनिक दुई हजार पाँच सय सवारी साधनहरू भित्रने र सोही सङ्ख्यामा सवारी साधनहरू भित्रने गरेको ढकालले बताएका छन् ।
जिल्ला प्रशासन कार्यालयबाट जारी हुने सवारी पासहरू रोकिएसँगै सवारी साधनहरूको सङ्ख्यामा कमी आएको हुन सक्ने ट्राफिक प्रहरीको अनुमान रहेको छ ।
काठमाडाैँ उपत्यका प्रवेश गर्ने मुख्य नाका साँगामा ७० प्रतिशतले सवारी साधन घटेको काभ्रेपलाञ्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले जानकारी दिएका छन् ।
गृहमन्त्रालयले जोर दिनमा जोर तथा बिजोर दिनमा बिजोर सवारी साधन सञ्चालन गर्ने निर्णय गरेसँगै सवारीको चाप घट्दै जाने क्रममा आइतबार अघिपछि सञ्चालन हुनेभन्दा ७० प्रतिशत सवारीको चाप घटेको प्रमुख जिल्ला अधिकारी तिमल्सिनाले जानकारी दिए । उनले भक्तपुर जिल्लासँग समन्वय गरेर काठमाडौँ छिर्ने र काठमाडाैँबाट काभ्रेपलाञ्चोक आउने पास बिनाको सवारीलाई पूर्ण रुपमा रोक लगाएसँगै राजमार्गमै गुड्ने सवारी साधनहरूमा ७० प्रतिशतले कमी आएको उनले बताए ।
गाडीमा कमी आएसँगै अब बजारमा भीडसमेत कम हुने आशा आफूले लिएको प्रमुख जिल्ला अधिकारी तिमल्सिनाले बताएका छन् । कोरोना नियन्त्रणमा स्थानीय सरकारले सकृय सहभागिता देखाएसँगै काभ्रेपलाञ्चोक जिल्लाका मुख्य सहरहरूमा भीडभाड कम भएको तिमल्सिनाले बताए ।
जिल्ला प्रशासन कार्यालयले तत्कालका लागि कुनै पनि सवारी पास नदिने भएकाले सोर्स फोर्सका फोन गर्न नलगाउन सबैमा उनले अनुरोधसमेत गरेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस