बारा – माछामार्ने क्रममा भएको झडप नियन्त्रणगर्न १३ राउण्ड हवाई फायर तथा छ राउण्ड अश्रु ग्याँस प्रहार गरिएको छ ।
बाराको आर्दशकोतवाल गाउँपालिका वडा नम्बर–६ पर्टेवा र सिम्रौनगढ नगरपालिका वडा नम्बर–११ भगवानपुरटोल बीचमा रहेका कुलोमा दुबै टोलका स्थानीय बीच भनाभन हुँदा भएको झडप पछि करिब ५ जना घाईते भएका थिए ।
सो झडपको सूचना गाउँमै गएपछि दुबै टोलका एक हजारभन्दा बढीको संख्यामा आएका स्थानीयहरुलाई नियन्त्रण गर्न प्रहरीले १३ राउण्ड हवाई फायर तथा छ राउण्ड अश्रु ग्याँस प्रहार गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरिक्षक गौतम मिश्रले बताए ।
ईलाका प्रहरी कार्यालय सिम्रौनगढको प्रहरी टोलीलाई थप मद्दतको लागि जिल्लाबाट प्रहरी नायब उपरिक्षकसहित गएको प्रहरी टोलीले सो हुल हवाई फायर गरी तितर बितर गरेकाले अहिले त्यहाँको अवस्था समान्य रहेको बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले जानकारी दिएका छन् ।
घाईते भएकाहरुको यकिन विवरण आउन बाँकी रहेको तथा उनीहरुको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको उनले बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस