काठमाडौँ – काठमाडौँ उपत्यकामा ३ गते बुधवार राति १२ वजेबाट एकहप्ताका लागि निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमण महामारीको रोकथाम तथा नियन्त्रण कार्यका लागि निषेधाज्ञा जारी गरिएको हो । काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरू, तीनवटै जिल्लाका प्रहरी (महानगरीय प्रहरी परिसर) प्रमुख लगायत सम्वन्ध सुरक्षा अधिकारी सम्लीत मंगलवार साँझ बसेको बैठकले निषेधाज्ञा जारीको निर्णय गरेको हो ।
काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले निषेधाज्ञामा अत्यावश्यक सेवा वाहेक अन्य सवारीको सञ्चालनमा निषेध गरिएको बताएका छन् । निषेधाज्ञा बुधवार रातिबाट शुरु भएर अर्को बुधवारसम्म रहने जनाइएको छ । खाद्यन्न किराना, फलफूल तथा तरकारी पसलहरू सञ्चालका लागि विहान र वेलुकाको लागि निश्चित समय तोकिएको छ । विरामी, मलामीका लागि सुरक्षाकर्मीसंग समन्वय तथा स्वास्थ्यकर्मी र सञ्चारकर्मीका लागि परिचयपत्र अनिवार्य गरिएको छ ।
समुदायस्तरमा कोरोना संक्रमण फैलिदा पनि सर्वसाधारणले अटेर गरेका कारण उपत्यकामा कोरोना संक्रमण प्रतिदिन जटिल बन्दै गएको छ । गृह मन्ञालय तथा जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने सवारी पास यसअघि नै खारेज गरिसकेको छ । भदौ ३ गते बुबा खुवाउने औंसी र ५ गते हरितालिका तीज पर्व रहेको छ । यी दुई चाडमा विभिन्न धार्मिक मठ मन्दिरमा तीर्थालु सर्वसाधारणको बाक्लो भीड लाग्ने भएकाले कोरोना संक्रमण थप फैलिन नदिन निषेधाज्ञा जारी गर्नु परेको हो ।
भदौ २ गते मंगलवारमात्र काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या दुईसय पाँच पुगेको छ । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको स्वास्थ्य र सुरक्षा सम्वन्धी मापदण्डको पालना नहुँदा संक्रमण फैलिएको भनाई सम्वद्ध अधिकारीको छ । गत वर्ष चैत ११ गतेबाट शुरु भएको बन्दाबन्दी साउन ७ गतेबाट हटाइएको थियो । बन्दाबन्दी हटेसंगै मुलुकभर नै कोरोना संक्रमितको संख्या दैनिक एकहजारभन्दा बढी पुग्न थालेपछि सर्वसाधारण त्रसित बनेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस