काठमाडौँ – गत चैत महिनादेखिको बन्दाबन्दीका कारण प्रिन्ट गर्न बाँकी रहेका सवारीसाधन चालक अनुुमति पत्र (लाइसेन्स)को छपाइ कार्य पूरा भएको छ ।
बन्दाबन्दीले गर्दा नयाँ लाइसेन्सको आवदेन रोक्का गरेपछि विभागले पुुराना छाप्न गर्न बाँकी लाइसेन्स सबै छापिइसकिएको विभागले जनाएको छ । नयाँ लाइसेन्सको आवेदन र परीक्षा रोकिएका कारण बाँकी काम सम्पन्न गर्न सहज भएको विभागले जनाएको छ ।
विभागका अनुसार साउन १५ (जुलाई)सम्मका अनुुमति पत्र सबै छपाइसकिएको छ । विभागका निर्देशक एवं सूचना अधिकारी तीर्थराज खनाल भन्नुहुन्छ, “प्रिन्ट गर्न बाँकी रहेका करिब सात लाख ११ हजार थिए, ती सबैका काम सकिएको छ, यो सङ्ख्या गत कात्तिकदेखिको बाँकी थियो । ”
छापिएका लाइसेन्स वितरणका लागि सम्बन्धित यातायात कार्यालयमा पठाइएको खनालले जानकारी दिएका छन् ।
विभागले हालसम्म १० लाखप्रति स्मार्ट लाइसेन्स छापिसकेको छ ।
पछिल्लो समय विदेश पढ्न जाने विद्यार्थी, कामदार, शान्ति सेनामा जानेका लागि द्रुत छपाइको सेवा दिँदै आएको थियो । जसअनुसार दुई दिनमा लाइसेन्स छापेर दिन सकिने व्यवस्था पनि थियो तर हाल सो सेवा वन्द गरिएको निर्देशक खनालले जानकारी दिनुभयो । विभागले मास प्रिन्टर प्रयोगमा ल्याएपछि छपाइको काम अघि बढेको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस