धादिङ – पृथ्वी राजमार्गमा गत ३ गते बुधबार रातिदेखि रोकिएका सवारीका साधनहरु राजधानी प्रवेश गरेका छन् । कोरोनाको संक्रमण नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका कारण रोकिएका ४ सय २३ मालवाहक सवारीहरुलाई प्रहरीले शनिबार राति प्रवेश गराएको हो ।
गत बुधबार रातिदेखि उपत्यकामा जारी निषेधाज्ञाका कारण काठमाडौं सीमानादेखि पृथ्वीराजमार्गमा ट्रकको लाइन लागेको थियो । सरकारले खाद्यान्न, तरकारी, दूध र एम्बुलेन्स बाहेकलाई अत्यावश्यक ढुवानी नमानेपछि अन्य सामान बोकेका साधन उपत्यका प्रवेश गर्न पाएका थिएनन् ।
उपत्यकामा भदौ १० गतेसम्म कडा निषेधाज्ञा लगाइएको छ ।
नौबिसे–नागढुङ्गा अन्तरगत त्रिभुवन राजपथमा ४ सय २३ वटा ट्रक, लहरी र कन्टेनर पार्किङ्ग गरेर बसेका थिए । निषेधाज्ञा जारी गरेको आफूहरुले पत्तै नपाउँदा बाटैमा अलपत्र परेको ट्रक चालक सुशील सुनुवार बताउछन् ।
अत्यावश्यक वस्तुबाहेक निर्माण सामग्री, लत्ताकपडा, सिमेन्ट, मार्बल, पाइपलगायतका ढुवानीका सवारीलाई रोकिएपछि अलपत्रम परेका थिए । राजधानी प्रवेश नपाउँदा खान, बस्न लगायत दैनिक जीवनयापनमा कठिनाइ हुन थालेपछि प्रेवशको लागि बतावरण निर्माण गरिएको टाफिक प्रहरी धादिङ प्रमुख नेत्रप्रकाश भट्टले जानकारी दिएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस