काठमाडौँ-काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा लम्ब्याउने तयारी गरिएको छ ।
यस सम्बन्धी निर्णय बुधबार हुने भएको छ । यही भदौ ३ गते बुधबारबाट जारी एक साता लामो निषेधाज्ञा १३ गतेबाट पुनः थप गरी १७ गते बुधबारसम्म पुर्याइएको थियो ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले यस विषयमा छलफल भएको र बुधबार निर्णय हुने जानकारी दिए ।
काठमाडौँ, ललितपुर र भक्तपुर गरी तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा केही खुकुलो पार्ने कि कडाइका साथ लागू गर्ने सम्बन्धमा निर्णय लिन सकेका छैनन् ।
सरकारी कार्यालय, बैङ्क तथा वित्तीय संस्था नियमित सञ्चालनमा रहेकाले सडकमा सवारीको चाप घटेको छैन ।
उद्योग तथा व्यापार व्यवसायीले निषेधाज्ञा खुकुलो पार्नुपर्ने माग गरेका छन् । काठमाडौँ उपत्यकामा भने कोरोना सङ्क्रमण प्रतिदिन बढ्दै गएको छ ।
स्थानीय जनप्रतिनिधि तथा नगरप्रमुख, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले भने निषेधाज्ञा कडा गर्नुपर्ने सुझाव दिएका छन् ।
स्वास्थ्य तथा सुरक्षा मापदण्डको पूर्ण पालना गर्नेगरी केही व्यवसाय सञ्चालन गर्न दिने र निषेधाज्ञा एक साता थप्ने विषयमा छलफल गरिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस