काठमाडौँ-यसवर्षको मनसुन उत्तराद्र्ध लाग्दै गर्दा बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाकाका विभिन्न क्षेत्रमा भुजी खोलाले अकल्पनीय क्षति पु¥याएको छ ।
दुई दिनदेखि लगातार भारी वर्षा हुँदा खहरेसहित उर्लेर आएको भुजी खोलाले यहाँका तीन दर्जन बढी घर बगाएको छ । भारी वर्षा हुँदा ठूलो क्षति पु¥याउँछ भन्ने अनुमान लगाउँदा लगाउँदै जिल्लाले नसोचेको परिणाम बेहोरेको ढोरपाटन नगरपालिकाका उपप्रमुख करमती पुन मगर बताउछिन ।
प्राप्त विवरण अनुसार अहिलेसम्म बाढीमा परेर ३५ बढी व्यक्ति बेपत्ता छन् । अन्य १२ जनाको शव फेला परेको छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी धीरेन्द्रराज पन्तले पाहुना आएकासमेत परेको बुझिएकाले उद्धार र विवरण सङ्कलनको काम जारी रहेको जानकारी दिए ।
सबै क्षेत्र बगरमा परिणत भएकाले बस्ती कुन ठाउँमा थियो भनेर यकिन गर्न नसकिने अवस्था रहेको उनले बताए । उपप्रमुख मगरले टेलिफोनमा भनिन , “बस्तीको नामो निशाना देखिँदैन, अहिले पनि बस्ती भएर खोला बगिरहेको छ, सबै सोहोरेर लगेको छ ।” सडक, कुलो, गाउँबस्ती सबै क्षतविक्षत भएको उनले बताइन ।
ठाउँठाउँमा पहिरोसमेत खसेको छ । उहाँले खोला थुनिएर फुटेपछि भीषण बाढीको रुप लिएको अनुमान गर्नुभयो । तर कुन ठाउँमा भएको हो त्यो यकिन भने हुन सकेको छैन । गाउँ क्षेत्रमै भएका प्रहरी र सेनासहित स्थानीयवासीले उद्धार कार्य जारी राखेका छन् ।
जिल्लाको टोली केहीबेर अघि मात्रै पुगेको छ । प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले सडक बाटो सबै भत्काएकाले हिँडेर घटनास्थल पुगेको राससलाई बताउनुभयो । बुर्तिवाङ्बाट ढोरपाटनका लागि सवारीसाधन चल्ने सडक बाढी र पहिरोले क्षतविक्षत भएको उनले जानकारी दिए । “केही प्रहरी, सेना तथा टोलवासीले उद्धार गरिरहेका छन्, हामीसँग उद्धारका लागि थप टोली छ, उद्धारकार्य प्रभावकारी बनाएका छौँ”,प्रजिअ न्यौपानेले भने । राहतसहित लिएर गएको गृहमन्त्रीसहितको टोलीसमेत घटनास्थल पुग्न नसकेकाले फर्किएको छ ।
घटनास्थलमा प्रत्यक्ष पुग्नुभएका उपप्रमुख मगरले ढोरपाटन भन्दा तल्लो भेगको खोला किनाराका बस्तीमा क्षति भएको बताइन । उनले यहाँको वडा–९ पूर्ण प्रभावित भएको र वडा नं ६,७, ८ मा समेत क्षति पुगेको बताइन । धेरै मानवीय क्षति– ९ मा भएको छ । मुख्यगरी यहाँको फल्लेघर, सुपराङ, भुसुन्डे, सिदु, बगालेघर (घट्टबास), दुनापढेरा, लाखुरीबोटमा बढी क्षति भएको छ । खनेको नयाँ बाटोबाट निस्किएको लेदोसहित पहिरो खस्दा ठाउँठाउँमा सडक विग्रिएको छ । “लाँकुरीबोटको अवस्थ हेर्दा बस्ती पूरै बगर बनेकाले कुन ठाएँमा बस्ती थियो भन्नेसमेत पत्ता लगाउन सकिँदैन”, उपप्रमुख मगरले भनिन ।
कुनै शव टाउको नभएको, कुनै हात नभएको, कसैको कम्बर नभएको अवस्थामा यत्रतत्र शरीरका अङ्ग बगरमा देखिएको उनले बताइन । “अकल्पनीय घटना भएको छ, यस्तो घटना पनि हुन्छ र भन्ने अवस्था छ, पीडादायी अवस्थालाई शब्दमा भन्न सकिँदैन”, मगरले दुःख पोख्दै भनिन ।
घटना मध्यरातको हो । अविरल वर्षापछि भुजी खोला यसरी बस्तीमा पसेको हो । उक्त खोलमा अन्य खहरे र ठाडो खोलासमेत मिसिदा ठूलो रुप लिन पुगेको हो । सबै सुतेको बेला घटना भएकाले पनि बढी मानवीय क्षति भएको छ । दायाँबायाँ लछार्दै लगेपछि मानिसको राति नै भागाभाग भएको थियो । केही संयोगले बाँचे भने सुतिरहेका धेरै बगेका थिए । राति घटना हुँदा कतिले ऐयासमेत भन्न नपाएको स्थानीयवासीले बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस