बागलुङ-ढोरपाटनका बाढी प्रभावितको दैनिकी कष्टकर बनेको छ । बाढीमा घरबास गुमाएका मानिसहरु टहरा, गोठ र विद्यालयमा आश्रित छन् । हातमुख जोड्न राहतको भर पर्नुपर्ने स्थिति छ ।
विद्युत् र सञ्चार सेवा बिच्छेद छ । थातथलोबाट उठिबास भएकाहरु अन्धकारमा रात गुजार्न विवश छन् । सामुदायिक स्वास्थ्य एकाए नै बाढीले बगाएपछि सामान्य औषधोपचारको समेत अभाव छ । बाढीले क्षत्विक्षत् पारेको सडक जेनतेन खुलाउने प्रयास भइरहेको छ ।
सडकलगायतका भौतिक संरचनामा क्षति पुगेपछि स्थानीयवासी आधारभूत सेवाबाटै बञ्चित हुनुपरेको हो । “दुई सातादेखि बिजुली छैन, मोबाइल पनि चल्दैन”, स्थानीयवासी विक्रम विकले भने , “आफ्नै गाउँ पनि अनाकन्टार जस्तो लाग्न थालेको छ ।” गत भदौ १७ गते भूजीखोलामा बाढी आउँदा मुस्किलले जोगिएका विकले त्यो बेला माइतीगाउँ निसीमा रहेका श्रीमती र छोरासँगसमेत सम्पर्क हुन नसकेको सुनाए ।
सञ्चार सेवा अवरुद्ध हुँदा बाढीपछिको राहत र व्यवस्थापकीय काममा सम्बन्धित पक्षबीच जानकारी लिनदिन र समन्वयमा कठिनाइ भइरहेको छ । बाढी प्रभावित र सहायताकर्मीबीच पनि सम्पर्क स्थापित हुन सक्ने स्थिति छ्रैन ।
ढोरपाटन नगरपालिका–८ का वडाध्यक्ष नन्दे सुनारले ७ देखि ९ वडासम्म विद्युत् अवरुद्ध भएको बताउनुभयो । वडा नं ९ मा मात्र तीनवटा लघुजलविद्युत् आयोजनामा क्षति पुगेको छ । यस्तै वडा नं. ८ स्थित ८४ किलोवाट क्षमताको भूजीखोला पाँचौ लघुजविद्युत् आयोजना क्षतिग्रस्त बनेको छ ।
ढोरपाटन नगरपालिकाका अनुसार बाढीले वडा नं. १ देखि ९ सम्मका ११ वटा लघुजलविद्युत् आयोजनामा क्षति पु¥याएको छ । कुनै आयोजना पूर्णरुपमा र कुनै आंशिक मर्मत, सुधार गर्नुपर्ने स्थितिमा छन् । “मर्मत गरेर चल्ने छिट्टै सञ्चालनमा आउँछन्, पूर्ण क्षति भएका आयोजना बनाउन समय लाग्छ”, नगरप्रमुख देवकुमार नेपालीले भने ।
लघुजलविद्युत् आयोजना बन्द भएसँगै मोबाइल टावरमा विद्युत् आपूर्ति रोकिँदा सञ्चार सेवा अबरुद्ध भएको हो । केन्द्रीय विद्युतीकरण नभएका कारण त्यस क्षेत्रका जनसाधारण लघुजलविद्युत्का भरमा छन् ।
लामो समय विद्युत् अबरुद्ध भएपछि मोबाइल सेवा पनि प्रभावित हुने गर्छ । ब्याट्रीले केही घण्टा मात्र थेगेपनि त्यसपछि टावर बन्द हुन्छ । नेपाल टेलिकम बागलुङ कार्यालयका वरिष्ठ इन्जिनीयर केशव शर्माले वडा नं. ७ बोबाङ र ९ देउरालीमा रहेको टावरमा समस्या आएको बताए ।
उनले शनिबार सौर्य उर्जा प्रणाली (सोलार) जडानका लागि आफूहरु जान लागेको बताउनुभयो । “तत्काललाई अस्थायी रुपमा चलाउँछौँ, पछि स्थायी रुपमै सोलार जडान हुन्छ”, उहाँले भन्नुभयो । सडक नै अवरुद्ध भएका कारण सामान पु¥याउन केही ढिलाइ भएको वरिष्ठ इन्जिनीयर शर्माले उल्लेख गरे ।
नगरप्रमुख नेपालीले बाढीबाट क्षति पुगेको सडक मर्मत गरेर वडा नं. ९ सुर्कुदुङसम्म पु¥याइएको बताए । ढोरपाटन देउरालीसम्म जोड्न अझै केही समय लाग्ने उनको भनाइ छ । सालझण्डी–ढोरपाटन आयोजनाअन्तर्गत झण्डै १० किमि सडक बाढीले बगाएको छ । सो खण्डलाई पूर्ववत् स्थितिमा फर्काउन रु. ६० करोड खर्च हुने प्रारम्भिक अध्ययनबाट देखिएको छ । सडक अवरुद्ध हुँदा शुरुमा राहत सामग्री पु¥याउनसमेत कठिन भइरहेको थियो । बाढीग्रस्त क्षेत्रमा पुग्न झण्डै तीन घण्टा पैदल हिँड्नुपर्ने बाध्यता थियो । अहिले राहत पु¥याउन केही सहज छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस