काठमाडाैं-कोरोना महामारीले ६ महीनादेखि ठप्प रहेको आन्तरिक उडान आजबाट शरूु हुँदैछ ।
सामान्य अवस्थाको तुलनामा २५ प्रतिशत मात्रै उडान गर्न पाइने सरकारको निर्णयअनुरूप नै निजी वायुसेवा कम्पनीहरूले नियमित उडानको सम्पूर्ण तयारी पूरा गरेको बताएका छन् ।
असोज ५ गतेदेखि उडान शुरू हुने भएपछि आन्तरिक उडानका ठूला वायुसेवा कम्पनी बुद्ध एयर, यती एयरलाइन्सले गत शुक्रवारदेखि नै बुकिङ खुला गरेका थिए ।
आइतवारसम्म ७० देखि ७५ प्रतिशत सीट बुकिङ भइसकेको यी विमान कम्पनीहरूले बताएका छन् । श्री एयरलाइन्सले भने १/२ दिनपछि मात्रै बुकिङ खुला गर्ने जनाइएको छ।
बुद्ध एयरले हिजो साँझसम्म ७० प्रतिशत बुकिङ भइसकेको जनाएको छ । बुद्ध एयरले सोमवारका लागि १७ ओटा उडान पाएको र सबै सेक्टरमा ७० प्रतिशत प्यासेन्जर अक्युपेन्सी रहेको यसका प्रबन्धक रूपेश श्रेष्ठले बताए ।
त्यस्तै यती एयरलाइन्सका प्रक्ता सुदर्शन बर्ताैलाका अनुसार कम्पनीले उडानको सम्पूर्ण तयारी पूरा गरिसकेको तथा आइतवार साँझसम्म ७० प्रतिशतसम्म बुकिङ भइसकेको छ । शुरूमा यतिले दैनिक ११ उडान गर्ने बर्ताैलाले बताए ।
नेपाल वायुसेवा निगमले पनि आन्तरिक उडानको तालिका सार्वजनिक गरेको छ । निगमले मुलुकका देशका विभिन्न १० ओटा गनतव्यमा आन्तरिक तर्फको उडान गर्ने गरी तालिका सार्वजनिक गरेका हो ।
सुरक्षित उडान सुनिश्चितताका लागि वायुसेवा कम्पनीले नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनको स्वास्थ्य मापदण्डलाई ध्यानमा राख्दै आवश्यक प्रक्रिया पुर्याइ सेवा सञ्चालन गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको भनाइ छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस