काठमाडौं – पूर्वी नेपालको चन्द्रगढी विमानस्थलबाट यति एयर र बुद्ध एयरका दुई जहाजले आज छ महिनापछि भद्रपुर–काठमाडौँ उडान भरेका छन् ।
विमानस्थलका प्रमुख मुरारी पौडेलले आज १२ बजेतिर बुद्ध एयरले ६५ जना र १२ः४५ बजे यति एयरले ६८ जना यात्रु बोकेर चन्द्रगढी विमानस्थलबाट काठमाडौँका लागि प्रस्थान गरेको जानकारी दिनुभयो ।
कोभिड–१९ का कारण गत चैत ११ गतेदेखि सरकारले लागू गरेको बन्दाबन्दीयता मुलुकभरका विमानस्थल बन्द छन् । चन्द्रगढी विमानस्थलबाट चार्टर उडानसमेत भएको थिएन । यात्रु सुरक्षाका लागि विमानस्थलमा सामाजिक दूरी कायम गर्ने, स्यानिटाइजर गर्ने र लामबद्ध हुने व्यवस्था मिलाइएको हुँदा खासै भीडभाड नभएको विमानस्थल प्रमुख पौडेलले बताउनुभयो ।
छ महिनापछि विमानस्थलबाट उडान सञ्चालन हुँदा यात्रुमा खुशी छाएको अनिमेष ट्राभल्सका प्रबन्ध निर्देशक गोपाल खनालले बताउनुभयो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस