बाग्लुङ्ग – गलकोट नगरपालिकाले महिलालाई महिनावारीको समयमा आवश्यक पर्ने सेनेटरी प्याड तथा झोला बनाउन तालिम प्रदान गरेको छ । कोरोना कहरका बीच सीमान्तकृत समुदायका महिलालाई सामाजिक दूरी कायम गर्दै ती तालिम सञ्चालन गरेको नगरपालिकाकाले जनाएको छ ।
आफ्ना लागि आवश्यक प्याड आफैँ उत्पादन गर्ने तथा विक्री समेत गरी आय आर्जन वृद्धि गर्ने उद्देश्यले तालिम दिइएको हो । चार दिने तालिममा नगर क्षेत्रका करिब १५ जना विपन्न र दलित महिलाको सहभागिता रहेको थियो । नगरपालिकाले महिलासँग उपप्रमुख कार्यक्रम अन्तर्गत पँखेटा नेपालको सहयोगमा सो तालिम सम्पन्न गरेको हो ।
“सङ्कटमा केही दिन भोक खप्न सकिएला, आँशु लुकाउन मिल्ला तर महिनावारी रोकिँदैन,” नगरपालिकाकी उपप्रमुख रेणु काउचा मगरले भनिन “सङ्कटको बेला स्वास्थ्यको झन ठूलो महत्व हुन्छ भन्ने ठानेर हामीले सुरक्षाका बीच तालिम आयोजना गरेका हौँ ।” काउचाका अनुसार तालिममा पररम्परागत रुपले सिलाइ पेशामा आवद्ध महिलालाई विशेष प्राथमिकता दिइएको थियो ।
तालिमको लागि मात्र तालिम नहोस् र त्यसबाट महिलाले व्यावसायिक लाभ पनि लिन सकून् भन्ने हिसाबले तालिमका प्रशिक्षार्थी छनौट गरिएको काउचाको भनाइ थियो । पुस्ताबाटै सिलाइ कटाइ सिकेका महिला तालिममा सहभागि हुँदा उत्पादन गुणस्तरीय भएको र बजारको सम्भावना पनि रहेको उनीले जानकारी दिईन । “झोला र प्याड गुणस्तरीय पनि होस् र उपभोग पनि होस् भन्ने सोचले काम गरिएको हो,” काउचाले भनिन ,“हामी महिला दिदीबहिनीका उत्पादनलाई बजारीकरण गरि दिने पक्षमा पनि छौं ।तालिमका सहभागिले आत्मनिर्भर हुन् पाएकोमा निकै खुशी व्यक्त गरे ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस