काठमाडौँ -बजारमा सय रुपैयाँभन्दा बढीमा बिक्री भइरहेको सुकेको प्याज व्यापारीहरूले भारतबाट प्रतिकेजी ३५ रुपैयाँमा खरिद गरेर ल्याएकाे पाइएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ।
समाचार अनुसार विराटनगर भन्सारमा बुझाएको बिलबिजकअनुसार पछिल्लो समय भदौ र असोज महिनामा आयात गरेको प्याज व्यापारीहरूले भारतमा प्रतिकेजी २२ रुपैयाँ भारु अर्थात् नेपाली ३५ रुपैयाँ मूल्यमा खरिद गरेको पाइएको हो ।
विराटनगर भन्सार कार्यालयका अनुसार भदौ महिनामा विराटनगर नाकाबाट प्रतिकेजी ३५ रुपैयाँ खरिद मूल्यमा १३ लाख १० हजार रुपैयाँ बढीको ३१ मेट्रिक टन सुकेको प्याज आयात भएको छ ।
जुन प्याज नेपालको तराईका बजारमा एक सय रुपैयाँभन्दा बढीमा व्यापारीहरूले अभाव देखाउँदै बिक्री गरिरहेका छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस