गलकोट- जिल्ला प्रहरी कार्यालय बागलुङले पछिल्लो समय फरार अभियुक्तलाई धमाधम पक्राउ गर्न थालेको छ । जिल्ला अदालत बागलुङबाट विभिन्न प्रकृतिको मुद्दाको फैसला भई कार्यान्वयन हुन बाँकी मुद्दाका लागि फरार अभियुक्त पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङले शनिबार र आइतबार मात्रै २१ जना फरार अभियुक्त पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार यसअघि प्रहरीले २० जना फरार अभियुक्तलाई पक्राउ गरी अदालतमा पेश गरेको छ ।
शनिबार र आइतबार पक्राउ पर्नेमा आठ दिनदेखि २० वर्षसम्म कैद तोकिएका र रु १०० देखि एक लाख २५ हजार जरिवाना तोकिएका व्यक्तिहरु रहेका छन् । बहुविवाह, लागुऔषध, गालीबेइज्जती, डाँका, सवारी ज्यान, जबरजस्ती करणी, सार्वजनिक अपराध, चोरी र जालसाजी अपराधमा दोषि प्रमाणित भई फरार रहेका उनीहरुलाई कैद भुक्तानका लागि पक्राउ गरी अदालतमा पेश गरिएको उहाँले जानकारी दिनुभयो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस