काठमाडौं-कात्तिकदेखि विदेशी पर्यटकलाई अनअराइभल भिसा खुला गरेर सरकारले नेपालको पर्यटन क्षेत्र खुला गर्ने भएको छ ।
कोरोनाका कारण ५ चैतदेखि बन्द गरिएको अनअराइभल भिसा खोल्ने निर्णय गरेसँगै विदेशी पर्यटकलाई नेपाल आउन सहज हुने भएको आजको नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
समाचार अनुसार नेपाल भित्रने पर्यटकले पिसिआर रिपोर्ट ल्याउनुपर्ने तथा ७ दिन क्वारेन्टाइनमा बसेर पुनः पिसिआर परीक्षणपछि मात्रै घुमफिरमा निस्कन पाउने मापदण्ड बनाइएको छ।
व्यवसायीले भने बढीमा तीन दिन क्वारेन्टाइनमा राख्दा पुग्ने बताएका छन् । नेपाल पर्यटन बोर्डले पनि क्वारेन्टाइनको अवधि घटाउन पहल गरिरहेको बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) धनञ्जय रेग्मीले बताए । उनी भन्छन्, ‘नेपाल आउँदा ७२ घन्टाको पिसिआर रिपोर्ट देखाउनुपर्नेछ । यो प्रमाणपत्र अध्यागमन विभागले भिसा दिने समयमै हेर्नेछ ।’
इराक, नाइजेरिया, घाना, जिम्बाबे, स्विट्जरल्यान्ड, सोमालिया, क्यामरुन, लाइबेरिया, इथोपिया, प्यालेस्टाइन, अफगानिस्तान र सिरियाबाहेक देशका नागरिकले नेपालमा अनअराइभल भिसा पाउँछन् ।
ट्रेकिङ एजेन्सिज् एसोसिएन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदीले क्वारेन्टाइनको अवधि घटाउनुका साथै विमानस्थलमै पिसिआर गर्ने व्यवस्था मिलाउनुपर्ने बताए ।
नेपाल आउने सबै पर्यटकको ५ हजार अमेरिकी डलर प्रतिव्यक्तिबराबरको बिमा पनि अनिवार्य गरिएको छ । पदयात्रा वा पर्वतारोही दलले आरोहण अनुमति लिनुपूर्व नेपालबाट साथमा जाने सदस्यको कम्तीमा १ लाख रुपैयाँको कोरोना बिमा गर्नुपर्नेछ ।
कोभिड–१९ को जोखिम कायम रहेकाले सरकारले पर्यटकहरूलाई सहरी क्षेत्रमा भन्दा पनि पहाडी र हिमाली भेगमा हुने पदयात्रा र पर्वतारोहणको प्रवद्र्धनलाई प्राथमिकता दिने भएको छ ।
विश्व नै एकल पर्यटनमा लागेकाले नेपाललाई सुवर्ण अवसर हुन सक्ने सिइओ रेग्मीको भनाइ छ । सहरबाट गाउँमा पर्यटन पुर्याउन कोभिड–१९ नेपालका लागि अवसर हुन सक्ने भएकाले सरकारले सोहीअनुसार प्रवद्र्धन गर्ने उनले बताए ।
१ असोजदेखि होटेल, रेस्टुरेन्ट र एयरलाइन्स खुलेसँगै प्रमुख पर्यटकीय क्षेत्रहरूमा चहलपहल सुरु भइसकेको छ । सोहीअनुसार एयरलाइन्स कम्पनीहरू र ट्राभल कम्पनीहरूले समेत आन्तरिक प्याकेज सुरु गरिसकेका छन् ।
विदेशी पर्यटक भित्र्याउने निर्णय सरकारले गरे पनि पर्यटकहरूलाई नेपालको सुरक्षाको विषयमा विश्वास दिलाउनु अहिलेको महत्वपूर्ण काम भएको होटेल संघ नेपाल (हान)का प्रथम उपाध्यक्ष विनायक शाह बताउँछन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस