काठमाडौँ-प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीले काउन्सिलबाट प्रवाह हुने सेवालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कार्यवाहक अध्यक्ष बुढाथोकीले आज दशबुँदे प्रतिबद्धतापत्र सार्वजनिक गर्दै काउन्सिलमा नयाँ शैली अवलम्बन गरी आजको काम आजै सम्पादन गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
प्रतिवद्धतापत्रमा काउन्सिलले अबदेखि उपत्यकाबाहिर टाढाबाट आउने सेवाग्राहीलाई पहिलो प्राथमिकता दिएर प्रक्रिया पुगेको अवस्थामा सोही दिन वा २४ घण्टाभित्र काम फत्ते गर्ने भनिएको छ ।
बुढाथोकीले साँघु साप्ताहिकको सम्पादक नरहने जानकारी समेत गराए । उनले पदमा रहुञ्जेल कुनैपनि सञ्चारमाध्यमको सम्पादक र राजनीतिक दल तथा सङ्घ–सङ्गठनमा नरहने घोषणा गरेका छन्
यही असोज ९ गते कार्यवाहक अध्यक्षमा नियुक्त हुनुभएका बुढाथोकीले काउन्सिलको नेतृत्वमा रहँदा कार्यालय समयभन्दा बाहिर कार्यालयको सवारीसाधन प्रयोग नगर्ने बताए ।
उनले आमसञ्चारका नयाँ–नयाँ माध्यम र प्रविधिको व्यवस्थापनाका लागि नीतिगत पहल गर्ने प्रतिबद्धता जनाए । उनले अनलाइनको नियमन र सुविधाको लागि श्रेणीकरण हुनुपर्ने उल्लेख गरे ।
त्यसैगरी काउन्सिलले गर्दै आएको पत्रपत्रिका वर्गीकरण सम्परीक्षणको काम अघि बढाउन पहल गर्ने बताएका छन् । साथै उनले आफ्नो पारिश्रमिकको दश प्रतिशत रकम सामाजिक सेवा, असहाय, अपाङ्गता भएका बालबालिका र राष्ट्रिय महत्वका अनुसन्धान तथा खोजमा संलग्न व्यक्ति÷संस्थाको लागि उपलब्ध गराउने पनि जनाए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस