काठमाडौं-भारतले हरेक सालजस्तै यसपटक पनि प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा हाहाकार भएको छ ।
भारतले आन्तरिक बजारमा भाउ बढेको भन्दै दुई साताअघि निर्यातमा बन्द गरेपछि प्याजको नेपालमा मूल्य अकासिएर डेढ सय रुपैयाँ प्रतिकिलो नाघेको छ ।
मुलुकको उत्पादनले ग्रामीण क्षेत्रको घरायसी उपभोगलाई मात्रै धान्ने भएपछि बजारको मागमा मुलुक पूर्णतया भारतमा निर्भर छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका आलु, प्याजको थोक विक्रेता प्रकाश गजुरेल भन्छन्, ‘स्वदेशी प्याज सहरी उपभोक्ताको भान्सामै पुग्दैन । ९५ प्रतिशतभन्दा बढी प्याज भारतबाटै आयात भइरहेको छ,’ उनले भने, ‘काठमाडौंमा मात्रै दैनिक ४० देखि ५० हजार किलो प्याज भारतबाट ल्याएर बिक्री भइरहेको छ ।’
तर, भारतले हरेक सालजसो प्याज निर्यातमा प्रतिबन्ध लगाउने गरेको छ । प्याजको अभाव भयो भने त्यहाँको राजनीति नै प्रभावित हुने कारणले खासगरी चुनावका वेला भारतमा प्याज निर्यातमा प्रतिबन्ध लगाउने गरिन्छ ।
अहिले भारतले अचानक प्याज निर्यातमा प्रतिबन्ध लगाउनुलाई बिहारको चुनावसँग जोडेर हेरिएको छ । चुनावअघि प्याजको मूल्य नबढोस् भन्ने उद्देश्यका साथ सरकारले प्याज निर्यातमा प्रतिबन्ध लगाएको विश्लेषकहरू बताउँछन् । सन् २००४ को चुनावमा तत्कालीन सत्तारुढ भारतीय जनता पार्टीको हार हुनुमा प्याजको मूल्यलाई नै कारकका रूपमा मानिएको छ । यो समाचार आजको नयाँ पत्रिकाले छापेको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस