गुल्मी- पाँच दिनदेखि हराइरहेका इस्मा गाउँपालिका ३ दर्लामचौरका एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । दर्लामचौरको खाँसिचौरमा हराइरहेका ४९ वर्षीय वीरबहादुर कुमाल आज मृतावस्थामा फेला परेका हुन् ।
इस्मा ५ अँधेरी खोलामा उनको शव सडेका अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार रावलले जनाकारी दिनुभयो । स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी टोलीले घटनास्थलमा स्थलगत मुचुल्का गरेपछि शव परीक्षणका लागि गुल्मी अस्पताल तम्घास ल्याइने प्रहरी निरीक्षक रावलले बताउनुभयो ।
यसैबीच इस्मा ३ का एक व्यक्ति गत बिहीबार बेलुकीदेखि बेपत्ता बनेका छन् । दर्लामचौरका ६५ वर्षीय इन्द्रमणि मरासिनी घरमा सामान्य विवाद भएपछि घरबाट निस्केर हिँडेको र अहिलेसम्म सम्पर्कमा नआएको इस्मा ३ का वडाध्यक्ष तोयनाथ सापकोटाले जानकारी दिनुभयो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस