तम्घास- गुल्मीमा आफ्नै छोराले हानेर बुबाको मृत्यु भएको छ । इस्मा गाउँपालिका ४ दोहोलीका ६० वर्षीय दिलबहादुर बस्नेतको छोरा अनिलको कुटपिटबाट आज बिहान मृत्यु भएको हो ।
साँझ ६ बजेतिर आफ्नै घरभित्र बुबालाई छोराले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जनकराज पन्थले जानकारी दिनुभयो । घाइते बस्नेतलाई थप उपचारका लागि साँझ नै तम्घास अस्पताल ल्याइएको थियो ।
मुख र छातीमा गम्भीर चोट लागेका दिलबहादुरलाई तम्घास अस्पतालले मिसन अस्पताल पाल्पा रिफर ग¥यो तर मिसन अस्पतालले प्रवास अस्पताल र प्रवास अस्पतालले प्रादेशिक अस्पताल बुटवल रिफर गरेको थियो । अस्पताल डुलाउँदा डुलाउँदै आज बिहान ४ बजे बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ । अभियुक्त अनिल फरार छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस