विराटनगर – प्रदेश नं १ सरकारका प्रवक्ता हिक्मतकुमार कार्कीले प्रदेश सरकार प्रदेशसभा विघटनका पक्षमा नभएको बताएका छन् । उनले मुख्यमन्त्रीले प्रदेशसभा विघटन गर्न सक्ने अवस्था भए पनि त्यसो नगरी प्रदेशसभामा दर्ता भएको अविश्वास प्रस्तावको सामना गरिने दृढता व्यक्त गरेका छन् ।
आगामी माघ ७ गते प्रदेशसभा बैठक आह्वान भइसकेको जानकारी दिँदै आन्तरिक मामिला तथा कानूनमन्त्री कार्कीले प्रदेशसभा विघटन गरी प्रदेशका संरचनालाई अस्थिर नबनाइने स्पष्ट गरेका छन् । उनले मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव हतारोमा आएको टिप्पणी गर्दै नेकपा कानूनी रुपमा विभाजित नभएको र अविश्वास प्रस्ताव सामान्य कुरा भएको बताए ।
अविश्वास प्रस्ताव रीतपूर्वक पेश भएपछि नेकपाकै अर्का समूहसँग वा नेपाली कांग्रेससँगको सहकार्यमा सरकार गठन गर्ने भन्ने टुङ्गोमा त्यतिबेला नै पुग्ने जनाउँदै मन्त्री कार्कीले केन्द्रदेखि प्राविधिक रुपले पार्टी विभाजन भइसकेकाले तत्काल एकता हुन सक्ने सम्भावना कमजोर रहेको स्पष्ट गरेका छन् । नेकपाका केन्द्रीय सदस्य कार्कीले वैचारिक नभई पदीय लडाइँका कारण राजनीतिक रुपमा पार्टी विभाजित हुन पुगेको धारणा राखे ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस