काठमाडौँ – वायु प्रदूषणले बिग्रिएको काठमाडौँ लगायतका साथै नेपालका विभिन्न सहरको वातावरण केही सुधार भए पनि अझै अस्वस्थकर नै छ ।
सोमबार र मङ्गलबारको तुलनामा बिहीबार केही सुधार भए पनि अझै मानव स्वास्थ्यका लागि उपयुक्त हुने गरी वायुको गुणस्तर सुधार भई नसकेको वातावरण विभागका उपमहानिर्देशक इन्दुविक्रम जोशीले जानकारी दिएका छन् । उनले अझै सतर्कता अपनाउन पनि सुझाव दिए ।
विभागको वायु प्रदूषण मापन यन्त्रले वायुको अवस्था ‘अति हानिकारक’बाट ‘अस्वस्थकर’ सूचाङ्क देखाइरहेको छ । पीएम २.५ को आधारमा विभागले गरिरहेको विश्लेषणअनुसार काठमाडौँको वायुको सूचाङ्क बुधबार २२८.९२५ माइक्रोग्राम प्रतिघनमिटर प्रदूषण कायम रहेको छ ।
पीएम २.५ माइक्रोन भन्नाले वायुमा रहेको सबैभन्दा सूक्ष्म कण हो ।
कपालको रौँभन्दा २५ गुना सानो कण जुन हावाको माध्यमबाट सजिलै मानिसको फोक्सोसम्म पुगेर बिरामी तुल्याउन सक्छ । यो माक्स लगाएर हिँड्दा पनि सजिलै मानिसको शरीरमा प्रवेश गर्न सक्छ ।
योभन्दा सात गुणा ठूलो पीएम १० माइक्रोग्राम प्रतिघनमिटरको कण भने आगो बाल्दा वा घर भत्काउँदा निस्कने कण जत्तिको हुन्छ । रौँ जत्रो कण भने ७० माइक्रोग्राम प्रतिघनमिटरको धुलोको कण हो । हाल वायुमा रहेको धुलोको कणमा भने सबैथरिको मिश्रण रहेको पाइएको छ । त्यसको विश्लेषण विभागले गरिरहेको जनाएको छ ।
बुधबार बिहानैदेखि बादल हटेर हावा चल्न थालेकाले प्रदूषणयुक्त वायु तल्लो तहबाट माथितिर उक्लन थालेको हो तर हावाको वेग राम्रो नरहेकाले उपत्यकाको डाँडाछेउमा छेको लागेर तुवाँलोको रूपमा प्रदूषणयुक्त वायु बसिरहेको छ ।
काठमाडौँसहित जनकपुर, विराटनगर, मकवानपुर, चितवन, पोखरासहितका सहरको वायु अस्वस्थकर प्रदूषणयुक्त रहेको छ । त्यसले अत्यावश्यक कामबाहेक अझै पनि घरबाहिर धेरै हिँडडुल नगर्न विभागले सुझाएको छ ।
लामो समय पानी नपर्दा स्थानीय वायुमण्डलमा तैरिएको धुलो, धुवाँसँगै पश्चिमी वायुले भारतहुँदै ल्याएको धुलोका कणका कारण विगत दुई दिन काठमाडौँलगायत नेपालका सहरको वातावरण ‘अति हानिकारक’ अवस्थामा पुगेको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस