पोखरा – नेपाल रेडक्रस सोसाइटी कास्की शाखाले अध्याधुनिक सुविधा सहितको रक्तसञ्चार केन्द्र निर्माण शुरुआत गरेको छ । संस्थाले रु आठ करोडको लागतमा भवन निर्माण अघि बढाएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान रामघाट परिसरमा विसं २०४५ मा निर्माण भएको जीर्ण अवस्थामा रहेको भवनबाट सेवा प्रदान गर्दै आएको रेडक्रसले पोखरा–८ सिर्जनाचोकमा पार्किङसहितको तीन तल्ले अत्याधुनिक सुविधा सम्पन्न भवन निर्माण शुरु गरेको भवन निर्माण समितिका संयोजक डण्डराज पौडेलले जानकारी दिएका छन् ।
उनका अनुसार भवन निर्माणका लागि हालसम्म सरकारबाट रु एक करोड, गण्डकी प्रदेश सरकारबाट रु ५० लाख, महानगरबाट रु १५ लाख र अन्य विभिन्न सङ्घ संस्थाबाट पाँच लाखभन्दा बढी सङ्कलन भएको छ । विसं २०७२ को भूकम्पले क्षति पुगेको जीर्ण भवनमा रहेका सरकार तथा विभिन्न दातृराष्ट्रबाट प्राप्त करोडौँका मूल्यावान उपकरणको सुरक्षामा चुनौती रहेको कारण नयाँ भवन निर्माण प्रक्रिया अघि बढाइएको उनको भनाइ छ ।
उनले भने वार्षिक २७ हजार रगत आवश्यक पर्ने यस क्षेत्रका जनजनको जीवनरक्षा जस्तो पवित्र कार्यमा सहयोग गर्न महानगरको ३३ वटै वडा, विभिन्न वित्तीय संस्था र उद्योगी व्यवसायीलगायत व्यक्तिलाई आर्थिक सहयोग गर्न आह्वान गरिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस