जनकपुरधाम – नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्रीद्वारा गरिएको संसद् विघटन असंवैधानिक र निर्वाचनको घोषणा संवैधानिक भएको बताएका छन् ।
नेपाल प्रेस युनियन धनुषाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलन उपसभापति निधिले प्रधानमन्त्रीद्वारा भएको संसद् विघटनको निकास सर्वोच्च अदालतबाटै हुनेछ भनेका छन् । “प्रधानमन्त्रीद्वारा भएको असंवैधानिक घोषणा सन्दर्भमा कांगे्रसमा कुनै विवाद छैन”, उनले भने, “निर्वाचनको प्रसङ्ग असंवैधानिक नभए पनि अदालतबाट हुने निर्णय कांगे्रसलाई शिरोधार्य हुनेछ ।”
उपसभापति निधिले सामान्यतया निर्वाचनको तयारी कुनै पनि दलले एक वर्षपूर्व नै गर्ने गरेको यथार्थलाई विवाद वा अनर्थका रूपमा लिन नहुने आग्रह गर्दै प्रधानमन्त्रीद्वारा संसद् विघटन सन्दर्भमा प्रयोग गरिएको धाराको उल्लेख असंवैधानिक भएको आरोप लगाएका छन् ।
एक प्रश्नका जवाफमा उनले कांगे्रसको निर्वाचनको मुद्दा सङ्घीयता, गणतन्त्रको रक्षा र जनताको हितमा सफल कार्यान्वयन हुने बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस