पाँचखाल -काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–३ स्थित सर्वमङ्गला क्याम्पसले निर्माण गर्न लागेको नयाँ भवनको आज एक कार्यक्रमको आयोजना गरी शिलान्यास गरिएको छ ।
वाग्मती प्रदेश सरकारको रु ४० लाखको लागतमा निर्माण हुन लागेको सो भवनको वाग्मती प्रदेशसभा सदस्य लक्ष्मण लम्सालले शिलान्यास गरेका हुन्।
सो अवसरमा प्रदेश सभा सदस्य लम्सालले विद्यार्थीको शैक्षिक गुणस्तर कायम गर्नका लागि सुविधासम्पन्न भवनले ठूलो महत्व राख्ने भन्दै लक्ष्यअनुरुप समयमै निर्माण सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन् । क्याम्पसको भौतिक संरचनासँगै शिक्षाको गुणस्तर वृद्धिका लागि क्याम्पस परिवारले विद्यार्थीलाई आकर्षण गराउने खालको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिदैं उनले शैक्षिक गुणस्तर वृद्धिसँगै आकर्षक वातावरण निर्माणका लागि प्राध्यापक, अभिभावक र समाजसेवीलगायत सम्बन्धित सबै पक्षले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औल्याए।
क्याम्पस प्रमुख जयराम अधिकारीले शौचालयसहित तीन कोठे एकतले भवन निर्माण हुने बताएका छन् । यसअघि पनि क्याम्पस भवन मर्मतसम्भारका लागि प्रदेश सभा सदस्य लम्सालको पहलमै प्रदेश सरकारले पहिलो वर्ष रु २० लाख र गत वर्ष रु ३० लाख बजेट विनियोजन गरिएको उनले जानकारी दिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस