वाग्मती – वाग्मती प्रदेश सरकारको गौरवको आयोजनाको रुपमा सञ्चालनमा रहेको हेटौँडाबाट भीमफेदी–देउराली हुँदै–कुलेखानी सडकखण्डअन्तर्गतको निर्माणाधीन आयोजना क्षेत्रमा यही माघ १० गतेदेखि दुई दिनका लागि सवारी साधन आवतजावतमा रोक लगाइने निर्णय भएको छ ।
सडक स्तरोन्नतिका लागि आयोजना निर्माण क्षेत्रमा आगामी चैत १० गतेसम्म आयोजनाका सवारी साधनबाहेक सबै सवारी साधन आवतजावतमा रोक लगाइने निर्णय भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिएका छन् । यातायात पूर्वाधार निर्देशनालय वाग्मती प्रदेश हेटौँडाअन्तर्गत सो आयोजना विस्तार तथा स्तरोन्नतिका लागि निमार्णाधीन क्षेत्रमा आयोजना प्रयोजनबाहेकका सबै सवारी साधन आवतजावतको रोक लगाउने निर्णय भएको हो ।
तोकिएको समयमा गुणस्तरीय निर्माण कार्य गर्नुपर्ने भएकाले विभिन्न सरोकारवाला (यातायात पूर्वाधार निर्देशनालय) सुरक्षा निकाय, निर्माण व्यवसायी, पत्रकार महासङ्घका प्रतिनिधिबीच भएको छलफलपश्चात् सो निर्णय भएको प्रमुख जिल्ला अधिकारी रिजालले बताए । वाग्मती प्रदेश सरकारको आर्थिक लगानीमा भीमफेदी–देउराली हुँदै कुलेखानीसम्मको १५ किलोमिटर सडक स्तरोन्नति कार्य भइरहेको छ ।
कूल ३५ करोडको लगानीमा आगामी विसं २०७८ असार मसान्तसम्म आयोजना सम्पन्न गर्ने लक्ष्य रहेको यातायात पूर्वाधार निर्देशनालयका निमित्त निर्देशक डा सहदेवबहादुर भण्डारीले जानकारी दिए । सो निमार्णाधीन आयोजना क्षेत्रमा अन्य सवारी साधन आवतजावत रोक लगाई सवारी साधन आवतजावतका लागि अन्य वैकल्पिक रुट प्रयोग गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस