सरकारले आगामी वैशाखको १७ र २७ गते आम निर्वाचनको घोषणा गरेसँगै जिल्ला निर्वाचन कार्यालय दोलखा निर्वाचनका तयारीमा जुटेको छ । कार्यालयले निर्वाचन आयोगको निर्देशनअनुसार प्रत्येक स्थानीय तहमा नामावली अद्यावधिक र हरेक मतदानस्थलको स्थलगत अनुगमनको काम अघि बढेको कार्यालय दोलखाका प्रमुख गोमा धमालाले जानकारी दिएका छन् ।
विसं २०७४ मा सम्पन्न भएको निर्वाचनमा जिल्लामा तोकिएको मतदानस्थल मतदान केन्द्रका बारेमा परिवर्तन गर्नुपर्ने वा थपघट गर्नुपर्ने विषयमा गाउँपालिकाबाट सुझाव आएसँगै प्रमुख जिल्ला अधिकारीसहितको टोलीले अवलोकन गर्ने र यही माघ १२ गते आयोजना गरेको बैठककमा सुझाव पेश गर्ने तयारी रहेको उनले बताए ।
कार्यालयले मतदाता नामवली अद्यावधिक तथा मतदानस्थलका विषयमा यही माघ ७ गते जिल्लाको सर्वदलीय बैठक बसी छलफल गरिसकेको छ । सर्वदलीय बैठकमा गौरिशङ्कर, शैलुङ र वैत्येश्वर गाउँपालिकाका विभिन्न वडामा रहेको मतदानस्थल परिर्वतन गर्नका लागि सिफारीस भएको थियो । सात गाउँपालिका र दुई नगरपालिका रहेको जिल्लाको स्थानीय तहमा तीन गाउँपालिकाबाट मतदानस्थल परिर्वतनका लागि सिफारीस भएसँगै प्रमुख जिल्ला अधिकारी रमेश शिवाकोटी सहित जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको टोलीले अनुगमन गरिरहेको छ । सुरक्षा समितिको अनुगमनपश्चात् सुझावअनुसार मतदानस्थल परिर्वतन वा थप घट गर्ने विषयमा निणर्य हुने कार्यालय प्रमुख धमलाले जानकारी दिए ।
निर्वाचनको घोषण गरेसँगै गतपुस ५ गतेदेखि तस्वीरसहितको मतदाता नामावली थप गर्न रोक लगाएपछि मतदाता नामावली अद्यावधिक गर्न लागिएको हो । एक सङ्घीय र दुई प्रदेश निर्वाचन क्षेत्र रहेको जिल्लामा कार्यालयले यही माघ १५ गतेदेखि २१ गतेसम्म दुई नगरपालिका र सात गाउँपालिका गरी नौ स्थानीय तहका केन्द्रमा मतदाता नामवली अद्यावधिक गर्न लागेको छ ।
उक्त कार्यक्रमअनुसार माघ १५ गते सबै मतदान केन्द्रमा मतदाता नामवली प्रकाशन हुने र १६ देखि १८ गतेसम्म मतदाता नाम वा विवरणमा भएको त्रुटि सच्याएन, दोहोरो नाम हटाउन, झुठो विवरण पेश भएका सच्याउनका लागि उजुरी गर्न सकिने जनाइएको छ ।
कार्यालयले प्रत्येक स्थानीय तहमा निर्वाचन सम्पर्क व्यक्तिको छनोट गरिसकेको छ । सात गाउँपालिकाबाट पाँचौँ तहका कर्मचारी र दुई नगरपालिकाबाट छटौँ तहका कर्मचारीमध्येबाट स्थानीय तह निर्वाचन सम्पर्क व्यक्ति छनोट गरिसकेको छ । छनोट भएका निर्वाचन सम्पर्क व्यक्तिलाई कार्यालयले आज १ दिनको प्रशिक्षण आयोजना समेत गरेको छ । स्थानीय तह निर्वाचन सम्पर्क व्यक्तिलाई तालीम दिइसकेपछि प्रत्येक स्थानीय तहमा खटाउने तयारी भइरहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस