बुटवल,फागुन – बुटवलमा आइतबार अर्को केवलकारको शिलान्यास भएको छ । फागुन १ गते प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी केवलकारको शिलान्यास गर्नुभएको थियो । आइतबार अर्थमन्त्री विष्णु पौडेलले अर्को केवलकारको शिलान्यास गर्नुभएको हो ।
बुटवल देउराली डाँडाबाट पाल्पाको नुवाकोट जोड्नेगरी सिद्धार्थ केवलकार प्रालिले आगामी १८ महिनामानिर्माण सम्पन्नगर्नेगरी कामथालेको हो ।केवलकार शिलान्यास गर्दै अर्थमन्त्री विष्णु पौडेलले तोकिएकै समयमानिर्माण सम्पन्न गर्न आग्रहगर्दै यसका लागि सरकारले आवश्यक सबै खाले सहयोग गर्न तयार रहेको बताउनुभयो ।
उहाँले यो केवलकारको बहुआयामिक महत्व रहेको उल्लेख गर्दै यसले पूर्वाधार विकासमामात्रै नभै पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेने बताउनुभयो । उहाँले विकास निर्माणले फड्को मारिरहेको रुपन्देहीको इतिहासको मूल्यांकन गर्न आग्रह गर्दै जिल्लाले विकासको रोल मोडलको भूमिका खेलेको बताउनुभयो ।
विकासको महत्वपूर्ण पाठशाला रुपन्देही हो भन्ने सन्देश यहाँ सञ्चालित ठूला ठूला आयोजनाहरुले दिएको पनि उहाँले बताउनुभयो । विकास सिक्न र पढ्नका लागि जानु पर्ने जिल्लाका रुपमा रुपन्देही रहेको चर्चा गर्दै उहाँले यहाँबाट अरु जिल्लाले विकासको पाठ सिक्ने पनि बताउनु भयो ।
गौतमबुद्ध अन्तर्राष्टिय विमानस्थलको प्रथम चरणको निर्माण सम्पन्नहुनलागेको र दोस्रो चरणको निर्माणका लागि प्रक्रिया अघि बढेको जानकारी दिंदै उहाँले स्रोतको अभावहुन नदिने गरी सरकारले काम अगाडि बढाएको बताउनुभयो । त्यस्तै लुम्बिनी गुरु योजना दुई वर्षभित्र पूरा गर्नेगरी बजेटको समेत प्रवन्ध गरिएको मन्त्री पौडेलको भनाइ छ ।
बेलहिया बुटवल छ लेन सडक निर्माण पूरा हुन लागेको, सिद्धबाबामा सुरुंग मार्ग निर्माणको प्रक्रिया अघि बढेको र केही साताभित्रै टेण्डर आह्वानगरिने पनिउहाँले बताउनुभयो । कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य भोज प्रसाद श्रेष्ठले केवलकार निर्माण र सञ्चालन पछि भौतिक पूर्वाधारको विकास सँगसँगै आर्थिक गतिविधि पनि बढ्ने बताउनुभयो ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, वडा नम्बर १ का वडाअध्यक्ष महेन्द्र लिगल, नुवाकोट विकास समितिका अध्यक्ष माधव नेपाल, डिआर घिमिरे लगायतले बोल्नुभएको थियो ।बिगत आठ वर्षदेखि केवलकार निर्माण गर्ने अभियानले अवभने मूर्तरुप लिएको प्रालिकाअध्यक्ष राजेन्द्र सिंह गुरुंगले बताउनुभयो । केवलकार निर्माण सम्पन्नगर्न करिव ८० करोड रुपियाँलागतअनुमानगरिएको छ ।
तल्लो स्टेशन बुटवल देउराली डाँडाबाट पाल्पाको नुवाकोटसम्मको राजमार्गको दूरी दुई किलोमिटर छ । केवलकार निर्माण र सञ्चालनपछि २५ केवलकार डब्बामा दैनिक पाँच हजार पर्यटकले यात्रा गर्ने प्रालिको अपेक्षा छ । केवलकार मनोकवल डिटेचवल सर्कुलेटिंग गन्डोला स्वरुपमा हिंड्ने छ ।
केवलकार निर्माणका लागि नेपाल सरकार मन्त्रिपरिषदले २०७५ साउन २९ मा ३.९८ हेक्टर क्षेत्रफल र २०७६ फागुन १२ मा २.११८ हेक्टर क्षेत्रफलवनको जग्गा ३० वर्षका लागि लिज मा दिएको छ । यसअघि प्रधानमन्त्री ओलीले शिलन्यास गर्नुभएको लुम्बिनी केवलकार प्रालिले दुई वर्षभित्रैमा निर्माण सम्पन्न गर्ने लक्ष्य सहित निर्माणको औपचारिक शुभारम्भ गरेको हो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस