काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङसँग नेपालका लागि इजरायली राजदूत हानान गोडरले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सिंहदरवारस्थित मन्त्रालयमा सोमबार दिउँसो मन्त्री गुरुङ्सँग राजदूत गोडरले भेटवार्ता गर्नुभएको मन्त्रीको सचिवालयले जनाएको छ ।
सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङ र राजदूत गोडरबीच सूचना प्रविधिको विकासका लागि इजरायल सरकारको सेटलाईट प्रविधिका अनुभव आदानप्रदान सम्बन्धमा छलफल भएको बताइएको छ । मन्त्री गुरुङका प्रेस संयोजक सन्तोष खड्काकाअनुसार दुई मुलुकबीचको आपसी सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा केन्द्रित भएर छलफल भएको छ ।
भेटमा मन्त्री गुरुङले डिजिटल प्रविधि बनाउनमा नेपाल सरकारले पूर्वाधार निर्माणमा जोड दिएको चर्चा गर्नुहुँदै समृद्ध नेपाल र सुखी नेपालीको परिकल्पनालाई सार्थक बनाउन मित्रराष्ट्रहरुको अनुभव, प्राविधिक तथा आर्थिक सहयोगको सरकारले स्वागत गर्ने बताउनुभयो ।
राजदूत गोडरले कृषि, पर्यटन तथा प्रविधिको क्षेत्रमा इजरायल सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको प्रेस संयोजक खड्काले जानकारी दिनुभयो । इजरायलको अनुभव नेपालका लागि फलदायी हुने पनि उहाँले विश्वास व्यक्त गर्नुभयो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस