दमक- आफ्नो निर्वाचन क्षेत्र झापा क्षेत्र नं. ५ मा पर्ने कमल गाँउपालिका ७ झर्कामा चीन नेपाल औधोगिक पार्क शिलान्यासका लागि प्रधानमन्त्री केपी शर्मा ओली आउने भएपछि आज (आईतवार) विहानैदेखि यहाँको सुरक्षा ब्यवस्था कडा पारिएको पाईएको छ । दमक र कमल गाँउपालिका जोड्ने पुल नजिक रतुवा खोलाले बगर बनाएको क्षेत्रमा शिलन्यास स्थल बनाईएको छ ।
प्रधानमन्त्रीको स्वकीय सचिवालयका सदस्य होमबहादुर थापाका अनुसार ओलीले कमल गाँउपालिका र दमकमा ६ वटा कार्यक्रमहरुमा सहभागि हुने तय भएको छ । पुलहरुको उद्घाटनलाई पनि महत्वपूर्ण कार्यक्रममा राखिएको छ । शनिवारदेखि नै कार्यक्रमस्थल आसपास र जिल्लाभर सुरक्षा ब्यवस्था कडा पारिएको सुरक्षा श्रोतले जनाएको छ ।
मदन भण्डारी राजमार्ग आयोजना अन्र्तगत मदन भण्डारीको मार्गको झापाको बाहुण्डाँगीदेखि धरानसम्म बिभिन्न खोलाहरुमा लगाईने ३१ वटा पक्की पुलको पनि उद्घाटन कार्यक्रम रहेको पाईएको छ । दमकको बेलडाँगी र इलामको बुकुवा खण्डको एक पुलको शिलन्यास गर्दै त्यहि ३१ वटा पुलको शिलन्यासको घोषणा हुने थापाले जनाउनु भयो ।
दमकको मावा र रतुवा खोलामा बनेका ३ वटा अन्य पुलहरुको प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने कार्यक्रम पनि तय भएको छ । चीन नेपाल मैत्री औधोगिक पार्क शिलन्यास स्थलमा करिब ५० हजार स्थानीयलाई सहभागि गराउने स्थानीय तहहरुले प्रतिबद्धता जनाएको पार्कका अध्यक्ष गोविन्द थापाले बताउनु भयो । ६४ अरब चीनिया लगानी स्वीकृत भएर औधोगिक पार्क शिलन्यास हुन लागेको हो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस