मान्मा – कर्णाली करिडोर जोड्ने कालीकोटको जितेगडास्थित कर्णाली नदीको यातायातका साधन सञ्चालनका लागि फेरी सञ्चालनमा आएको छ । वर्षाका कारणले गत असारमा बन्द फेरी पुनःसञ्चालनमा ल्याइएको हो ।
सवारीसाधन तार्न कठिनाइ भएपछि कर्णाली प्रदेश सरकारको सहयोगमा फेरी सञ्चालनमा ल्याइएको हो । जितेबजार क्षेत्रमा फेरी सञ्चालनमा ल्याइएको फेरी निर्माणको सहजीकरण गर्नुभएका स्थानीयवासी अनन्त बरालले बताउनुभयो । उहाँले भन्नुभयो, “कर्णाली करिडोरमा चल्ने सवारीसाधनलाई आवतजावतमा समस्या भएको थियो । साना तथा ठूला सवारीसाधन ओसारपसारमा स्थानीयवासीलाई सास्ती हुने गरेको थियो ।”
पुनःनिर्माणको लागत अनुमानका आधारमा प्रदेश सरकारले भुक्तानी गर्नेछ । सवारीसाधन ओसारपसार गर्नका लागि पहिला सञ्चालनमा आएको फेरी कर्णाली नदीमा गत वर्ष असारको अविरल वर्षापछि बगेकाले नौ महिनापछि पुनःसञ्चालनमा आएको हो ।
कर्णाली करिडोरमा गाडी सञ्चालन गर्नुपरेमा सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्ला हुँदै कालीकोटसम्म गाडी भित्र्यानुपर्ने अवस्था थियो । जितेबजारबाट बग्दै गएको कर्णाली नदीमा फेरी सञ्चालनमा आएपछि यातायातका साधन आवतजावतमा सहजता हुने भएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस