काठमाडौँ – न्याय परिषद्को आजको बैठकले सर्वोच्च अदालतका न्यायाधीशमा डा कुमार चुडाल र नहकुल सुवेदीका नाम सिफारिश गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराका अध्यक्षतामा आज बसेको परिषद् बैठकले उच्च अदालत पाटनमा कार्यरत डा चुडाल र उच्च अदालत सुर्खेतमा कार्यरत सुवेदीलाई न्यायाधीशमा सिफारिश गर्ने निर्णय गरेको हो ।
बैठकले उच्च अदालतका न्यायाधीशमा १८ जना सिफारिश गरेको परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिनुभयो । न्याय सेवा विशिष्ट श्रेणीका अधिकृतबाट नारायणप्रसाद पौडेल र ऋषि राजभण्डारीका नाम सिफारिश गरिएको छ । नायब महान्यायाधिवक्ता पौडेललाई उच्च अदालत पाटन र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव राजभण्डारीलाई उच्च अदालत पाटनबाट उच्च अदालत पोखराका न्यायाधीशमा सिफारिश गरिएको हो ।
न्याय सेवा राजपत्र प्रथम श्रेणीबाट रामेश्वर रेग्मी र ममता खनाललाई उच्च अदालतका न्यायाधीशमा सिफारिश गरिएको छ । बैठकले अधिवक्तातर्फबाट रसुवाका फुर्पा तामाङ, सिरहाकी श्रीधराकुमारी पुडासैनी, सुनसरीका जगदीश घिमिरे, कञ्चनपुरकी पुनमसिंह चन्द, काभ्रेपलाञ्चोकका सागर विष्ट, सिरहाका गणेश ठाकुर र भक्तपुरकी निर्मला शाक्यको नाम उच्च अदालतका न्यायाधीशमा सिफारिश गरेको छ । त्यस्तै जिल्ला न्यायाधीशमा जगत्नारायण प्रधान, माधवेन्द्र रेग्मी, पुरुषोत्तमप्रसाद ढकाल, विष्णु सुवेदी, अर्जुनप्रसाद कोइराला, अमृतबहादुर बस्नेत र मेदिनीप्रसाद पौडेलका नाम सिफारिश भएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस